Trending
Prev Story
Next Story

बबरमहलको आकाशे पुल यसै साता सञ्चालनमा आउने

Ekantipur •
October 26, 2026 • 10:00 AM
1
1 reads 0 reactions

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै काठमाडौँको बबरमहलमा आकाशे पुल निर्माण गरिएको हो ।

बबरमहलको आकाशे पुल यसै साता सञ्चालनमा आउने

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै काठमाडौँको बबरमहलमा आकाशे पुल निर्माण गरिएको हो ।

काठमाडौँ — काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै साताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको हो ।

२०८२ फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल यसै साताभित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाले बताए ।

उक्त पुल निर्माणका लागि रु दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
7h ago
कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

#काठमाडौं #सञ्चालनमा
Compare →
Onlinekhabar
14h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल
Compare →

Related Stories

National (Nepal)
Build #2612