कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो, १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — दसैं बिदापछि खुलेको सेयर कारोबार मापक नेप्से परिसूचक ४.३४ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतको गिरावाटपछि समग्र नेप्से परिसूचक २ हजार ६ सय २९ दशमलव ८२ मा ओर्लिएको छ ।
उत्पादन तथा प्रशोधन, व्यापार र जलविद्युत्को सेयर मूल्य बढ्यो भने सामूहिक लगानी कोषको सेयर मूल्य स्थिर रह्यो । उत्पादन तथा प्रशोधनको १०९.७४, व्यापारको ३५.५६ र जलविद्युत्को ८.७५ अंकले बढ्यो । विकास बैंक ६६.९१, निर्जीवन बिमा ६१.८६, जीवन बिमा ५३.२३ अंकले घट्यो ।
कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो, १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
बेनी हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको ५.८१, सोनापुर मिनरल्स एन्ड आयलको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्ट इन्डस्ट्रिजको ४.४७ प्रतिशतले मूल्य बढ्यो ।
चिर्ख्वा हाइड्रोपावरको ७.९२, महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, एसबीएल डिबेञ्चरको ५.९१, गुराँस लघुवित्त वित्तीय संस्थाको ५.८१, ग्लोबल आईएमई बैंक डिबेञ्चरको ५.४७ प्रतिशतले घट्यो ।
कुल ३८ हजार ७८८ पटकको सेयर कारोबारमा ४ अर्ब रूपैयाँको सेयर किनबेच भएको छ । ती किनबेचमा १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच भए ।