काठमाडौँ । प्रहरी स्टाफ कलेजबारे अध्ययन गर्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी हेडक्वार्टरले डीआईजी विश्व अधिकारीको नेतृत्वमा स्टाफ कलेजको कोर्स लगायतका अवधारणा परिमार्जन गर्नेबारे अध्ययन गर्न भदौ १७ मा समिति गठन गरेको थियो ।
केही दिनअघि समितिले सुझाव सहितको अध्ययन प्रतिवेदन आईजीपी दान बहादुर कार्कीलाई बुझाएको हो । समितिमा एसएसपी सोमेन्द्र सिंह राठौर, एसपी गजुसिद्धी बज्राचार्य र डीएसपी सुन्दर तिवारी सहित ७ जना सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )