कांग्रेस सभापति गगन थापाले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै एनपीएल तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्कारणका लागि शुभकामना दिएका छन् ।
सभापति थापाले सामाजिक संजालमार्फत सोमबारबाट सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी, सहभागी टोली, क्यान र क्रिकेट प्रेमीङहरूलाई शुभकामना दिएका हुन्।
थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्न वर्षौंको संघर्ष रहेको पनि उल्लेख गरेका छन् । 'नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ,' थापाले भनेका छन्, 'सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'
एनपीएलको तेस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ।