Form: last 5 matches, latest on the right W Won L Lost D Draw
Statistics will appear after play begins.
Statistics will appear after play begins.
Statistics will appear after play begins.
Statistics will appear after play begins.
आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ ।
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली…
८ कात्तिक, काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई टिममा भित्र्याएको छ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणक लागि कर्णालीमा अनुबन्ध भएका ब्याटर शुभको हातमा चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले…
८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका बायाँहाते ब्याटर साम हिजलेटले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। हिजलेटले गत संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए। यसपटक उनी टोली परिवर्तन गर्दै काठमान्डुमा आबद्ध भएका हुन्। हिजलेटले अस्ट्रेलियाको घरेलु…
८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। ३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी…
हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन् ।
७ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा…
७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को आईपीएलअघि पोलार्डले महेला जयवर्धनेको स्थान लिने भएका हुन्। मुम्बईसँग सन् २०१० देखि आबद्ध पोलार्ड पछिल्ला चार…
७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग…
काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै…
७ कात्तिक, काठमाडौं । पाकिस्तानी पेस बलर हुनेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। २२ वर्षीय दायाँहाते बलर हुनेन पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहका भाइ हुन्। जनकपुरले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको…
पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।
२०८३ कात्तिक ९, सोमबार २०८३ मंसिर ५, शनिबार
नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा अघिल्लोपटक ८ फ्रेन्चाइज टिमको सहभागिता थियो ।
२०८३ कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गरेका थिए ।
नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा ८ फ्रेन्चाइज टिमको सहभागिता छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएल सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । लिग चरणका खेलहरुपछि प्लेअफ हुँदै फाइनल हुनेछ । लिग चरणमा कूल २८ खेल हुनेछन् । प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर र फाइनल गरी ४ खेल हुनेछन् ।
लिगको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ ।