Trending
Prev Story
Next Story

चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष : राम्रो मान्छे आयो, कि हाम्रो ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

दसैंको माहौल सुरु भइसकेको थियो । मान्छेहरू किनमेल र मूलघर फर्कने चटारोमा थिए । सहरका सटरहरू बन्द हुँदै थिए र कर्मचारीहरू अन्तिम दिनको हाजिरी गरेर निस्कँदै थिए । सप्ताहन्तको त्यही साँझ चलचित्रवृत्तमा ‘बधाई’ को तरंग फैलियो …

चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष : राम्रो मान्छे आयो, कि हाम्रो ?

दसैंको माहौल सुरु भइसकेको थियो । मान्छेहरू किनमेल र मूलघर फर्कने चटारोमा थिए । सहरका सटरहरू बन्द हुँदै थिए र कर्मचारीहरू अन्तिम दिनको हाजिरी गरेर निस्कँदै थिए ।

सप्ताहन्तको त्यही साँझ चलचित्रवृत्तमा ‘बधाई’ को तरंग फैलियो । यो बधाईको पछाडि जोडिएको एउटै नाम थियो, मनिष पण्डित ।

खासमा उनी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । असोज ३० गते शुक्रबार दसैंको पूर्वसन्ध्यामा मन्त्रिपरिषद बैठकले उनलाई बोर्डको नेतृत्व सुम्पिएको थियो । यद्यपि यसलाई आधाकारिक रूपमा कतै उल्लेख गरिएको थिएन ।

जे होस्, दिनेश डिसीको बिदाइसँगै बोर्डको रिक्त कुर्सीले नयाँ अध्यक्ष पाएको थियो । र, अध्यक्षमा उल्लेख भएको नाम फिल्मवृत्तका लागि अनपेक्षित थिएन ।

डिसीलाई बिदाई गरिरहँदा नै फिल्मकर्मीबीच ‘अब को हुन्छ अध्यक्ष’ भन्ने अड्कलबाजी सुरु भएको थियो । अनि त्यसमा धेरैले लिने नाम थियो, मनिष पण्डित।

किन त ? यो प्रश्नको जवाफ खोज्नुअघि मनिष पण्डितको फिल्मी पृष्टभूमि थाहा पाउनु जरुरी हुन्छ । के वास्तवमै उनी फिल्मलाई बुझेका र फिल्ममै रुझेका मान्छे हुन् ?

मनिष पण्डित फिल्मवृत्तमा त्यति चल्तापूर्जा नाम होइन । सिनेमासँग न उनले लामो यात्रा गरेका छन्, न अग्लो दूरी नापेका छन् । उनी औसत फिल्म निर्माण गर्दै यस क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनी दुई वटा फिल्म निर्माणमा संलग्न थिए । एउटा फिल्म ‘जाइरा’ । अभिनेत्री नम्राता श्रेष्ठको यो फिल्मबाट उनको यात्रा सुरु भएको बुझिन्छ । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार मनिष सुरुमा नम्रता श्रेष्ठका म्यानजेरका रूपमा पनि क्रियाशिल थिए । पछि अर्को फिल्मको निर्माण टिममा रहे, ग्याङस्टार ब्लुज । यसमा उनी कार्यकारी निर्माता थिए ।

यसरी फिल्मको निर्माण टिममा रहेर काम गरेपछि उनको प्रवेश भयो, चलचित्र विकास बोर्डमा । त्यहाँ उनको भूमिका थियो, बक्स अफिस कन्सल्टेन्ट । उनलाई बक्स अफिस परामर्शदाताका रूपमा भित्र्याउने काम गरेकी थिइन्, निकिता पौडेलले । उनी सो बखत बोर्डकी अध्यक्ष थिइन् । निकितासँग रहेर मनिषले बक्स अफिसको संयन्त्र निर्माणमा ठोस काम गरे ।

देशभरका सिनेमा घरमा बिक्री हुने टिकटको तथ्यांक संकलन गरेर कुन फिल्मले कूल आम्दानी कति गर्‍यो भनी डिजिटल बहीखाता तयार गर्न उनको खास योगदान रह्यो । यसरी बक्स अफिस प्रणाली लागू भएपछि फिल्मको कारोबार स्पष्ट र पारदर्शी देखिन्थ्यो । सिनेमा निर्माण, त्यसको अर्थतन्त्र र प्रविधिबारे उनमा खास दक्षता रहेको पाइन्छ ।

चलचित्र विकास बोर्ड हाँक्नका लागि उनलाई यी क्षमताहरूले कति सहयोग गर्छ ? उनी आफ्नो क्षमताको आलोकमा उभिएर बोर्ड अध्यक्ष भए वा कसैको कृपामा ?

मनिष पण्डितसँगै विकास बोर्डमा अध्यक्ष बन्ने दौडमा ११ जनाले आवेदन दिएका थिए । त्यसमा कोही अभिनेत्री थिए, कोही निर्देशक थिए, कोही रंग पत्रकार पनि । दर्जन हाराहारी प्रतिस्पर्धीबाट तीन जना सर्ट लिस्टमा परेका थिए, नरेशकुमार पौडेल, निशा अधिकारी र मनिष पण्डित ।

रमाइलो चाहिँ के भने मनिष पण्डित र नरेशकुमार पौडेलले यसअघि पनि बोर्ड अध्यक्षका लागि आवेदन दिएका थिए । तर, दुवै जना छनोटमा परेनन् । यसपाली मनिष पण्डितले बाजी जिते भने भने नरेशकुमार पौडेल फेरि पनि पछाडि धकेलिए । धेरै फिल्मकर्मीले उनलाई अनुभवी मान्ने गरेपनि मनिष पण्डित नै बोर्ड अध्यक्ष हुन्छन् भन्ने मोटामोटी अनुमान धेरैले गरेका थिए । यस्तो अनुमानको मूख्य कारण थियो– हालको सत्ताधारी व्यक्तिसँग उनको निकटता ।

हुन त बोर्ड अध्यक्ष छनोटका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको नेतृत्वमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र अशोक शर्माको टिम बनाइएको थियो । उक्त टिमले प्रतिस्पर्धीहरूको कार्ययोजनाका आधारमा अन्तिम सूची तयार गरेको बताइन्छ ।

यसलाई संयोग मान्ने हो वा नियोजित खेल, अन्तिम सूचीमा मनिष पण्डितको नाम आयो । किनभने उनी निकिता पौडलको अत्यन्तै निकट मानिन्छ । त्यस्तै निश्चल बस्नेतहरूको रोजाई पनि मनिष पण्डित नै परेको बताइन्छ ।

के विकास बोर्डमा फेरि पनि पार्टीको गन्ध मिसियो ?

विगतका दिनहरूमा पनि विकास बोर्डमा सत्तासँग निकट व्यक्तिहरूकै हालिमुहाली हुन्थ्यो । सत्तामा जुन राजनीतिक दल छन्, उनीहरूकै कृपामा बोर्ड अध्यक्ष बन्ने अघोषित परम्परा थियो ।

त्यही कारण बोर्ड अध्यक्ष बन्नका लागि आफ्नो योग्यता होइन पाटीसँगको निकटता महत्वपूर्ण हुन्थ्यो । यसपाली पनि यसको क्रमभंग भने भएको छैन । नातावाद र कृपावादविरुद्ध उम्लिएको ज्वालामुखीको जगमा बनेको यो सरकारले पनि निकट सम्बन्धलाई नै प्राथमिकतामा राखिदियो ।

यसमा अहिले नै प्रश्न उठाउने किन पनि ठाउँ छैन भने बाँकी प्रतिस्पर्धी कस्ता थिए भनेर यहाँ लेखाजोखा गर्न सहज छैन । त्यसैगरी उनको कार्यक्षमताबारे अड्कलबाजी गर्न पनि उचित छैन । सरकारले आफ्नो तिब्रता र लयमा काम गर्नका लागि पनि उपयुक्त पात्रको खोजी गर्न सक्छ ।

उनी हाम्रा मान्छे पक्कै हुन् । तर राम्रा मान्छे हुन् कि होइनन् भन्नका लागि उनको कार्यकालको नतिजा पर्खनुपर्ने हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ । मुख्यमन...

#बोर्ड #विकास
Compare →
Bizshala
1w ago
टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।...

#बोर्ड
Compare →
Arthasansar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन...

#बोर्ड
Compare →
Ekantipur
1w ago
पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।

#बोर्ड
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611