Trending
Prev Story
Next Story

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

Arthasansar •
November 06, 2026 • 09:34 AM
1
1 reads 0 reactions

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन...

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो ।

बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २०) सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा पर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमअनुसार राखिएको छ । सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम के.सी. (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) छन् ।

त्यसैगरी रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन् ।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ । उनीहरूले उक्त अवसरमा प्रस्तुतीकरणसमेत दिनुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

काठमाडौं- टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात ...

#पर्यटन #बोर्ड
Compare →
Nagarik News
6d ago
क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ।

#पर्यटन
Compare →
Ekantipur
6d ago
एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

#पर्यटन
Compare →
Bizshala
1w ago
टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।...

#बोर्ड
Compare →

Related Stories

National (Nepal)
Build #2611