तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख रुपैंयाँ मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि नौ लाख रुपैंयाँ बराबरको फूल बिक्री गरेका थिए।
तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ। अहिले त्यस क्षेत्रका महिला फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन्। टिपिएका फूललाई बिक्रीको समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहका अध्यक्ष सुन्तली गुरुङले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )