Trending
Prev Story
Next Story

तीन दिन खुलेर तातोपानी नाका पुनः ठप्प भएपछि सीमावर्ती बजारमा चिनियाँ सामानको अभाव

Ekantipur •
October 26, 2026 • 08:00 AM
1
1 reads 0 reactions

तीन दिनमा ७२ कन्टेनर भित्रिए पनि नाका फेरि बन्द भएपछि चिनियाँ सामानको अभाव र स्थानीयको रोजीरोटी संकट गहिरिएको छ।

तीन दिन खुलेर तातोपानी नाका पुनः ठप्प भएपछि सीमावर्ती बजारमा चिनियाँ सामानको अभाव

तीन दिनमा ७२ कन्टेनर भित्रिए पनि नाका फेरि बन्द भएपछि चिनियाँ सामानको अभाव र स्थानीयको रोजीरोटी संकट गहिरिएको छ।

सिन्धुपाल्चोक — तीन दिन सञ्चालनमा आएर पुनः बन्द भएको तातोपानी नाकाबाट कन्टेनरको नियमित आवतजावत हुन नसक्दा सीमावर्ती बजारको व्यापार प्रभावित भएको छ  । चीनबाट आयात हुने सामानको आपूर्ति रोकिएपछि स्थानीय बजारमा चिनियाँ सामान पाउनसमेत मुस्किल हुन थालेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार कात्तिक १ देखि ३ गतेसम्म खुलेको नाका त्यसपछि बन्द छ । कन्टेनर आवागमनका लागि नाका पुनः खुल्ने वा नखुल्नेबारे हालसम्म थप जानकारी नआएको उनले बताए । ‘नाका बन्द भएयता कन्टेनरका लागि खुल्ने वा नखुल्ने भन्नेबारे थप जानकारी आएको छैन। पर्यटकका लागि भने नाका खुला छ,’ उनले भने ।

बाढीपहिरोको कारण देखाउँदै चीनले बन्द गरेको नाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज ३१ गतेको प्रेस नोटअनुसार कात्तिक १ देखि ३ गतेसम्म सञ्चालनमा ल्याइएको थियो । मन्त्रालयले उक्त अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिएको थियो ।

तीन दिनको अवधिमा दसैंलक्षित ५६ कन्टेनर रेडिमेड लत्ताकपडा तथा फलफूललगायत अन्य सामान बोकेका गरी ७२ कन्टेनर नेपाल भित्रिएका थिए । तर, तीन दिनपछि नाका पुनः बन्द हुँदा तातोपानी भन्सार क्षेत्र र आसपासका बजारमा व्यापारिक गतिविधि प्रभावित भएका छन् ।

नाका अनिश्चित बनेपछि चिनियाँ सामानको आपूर्ति घटेको र पसलमा मौज्दात सकिन थालेको व्यवसायीले बताएका छन् । बाह्रबिसे नगरपालिका–९ की व्यवसायी कविता तिवारीले नाका बन्द हुँदा सीमावर्ती क्षेत्रसहित अन्य बजारसमेत सुनसान बनेको बताइन् । ‘नाका अनिश्चित बनेसँगै नाकाक्षेत्रसहित अन्य बजारमा पनि चहलपहल घटेको छ। चिनियाँ सामान पाउन मुस्किल हुन थालेको छ,’ उनले भनिन् । नाका खुल्ने प्रतीक्षामा बस्दाबस्दै आजित भएको स्थानीय व्यवसायी मिश्री श्रेष्ठले बताइन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य तथा व्यवसायी राजेश भण्डारीले तातोपानी नाका नियमित सञ्चालन नहुँदा यसमा निर्भर व्यवसायी पलायन हुन थालेको बताए । उनका अनुसार कतिपय व्यवसायी वैकल्पिक व्यापारिक मार्ग प्रयोग गर्न थालेका छन् । यसअघि यहाँको तातोपानी, लिस्तीकोट, फुल्पिकझी मार्मिलगायत क्षेत्रका स्थानीय दैनिक रुपमा चिनियाँ बजार झामु पुगेर खाद्यान्न, घरायसी तथा विद्युतीय सामान ल्याएर बिक्री गर्दै आएका थिए । त्यही आम्दानीबाट घरखर्च, बालबालिकाको पढाइ र ऋण व्यवस्थापन हुँदै आएको स्थानीयको भनाइ छ ।

नाका बन्द भएसँगै झोलेपोके व्यापार पनि ठप्प भएपछि  सरकारले गरिब समुदायको जीविकोपार्जनको बाटो बन्द गरिदिएको स्थानीयले गुनासो गरेका छन् । ‘यस नाकामा निर्भर व्यवसायी अन्यत्र सर्न थालेका छन् । अब हिमपात हुने समय नजिकिँदै छ । मुस्ताङतर्फको मार्ग पनि हिउँका कारण बन्द हुन सक्ने जोखिम छ । त्यहाँ र यहाँ दुवैतर्फ नाका बन्द हुँदा व्यवसायीलाई चौतर्फी मार परेको छ । सरकारले नाका खुलाउन प्रभावकारी पहल गरेको देखिएन, आखिर तातोपानी नाका बन्द गरिनुको कारण चाहिँ के हो ? ,’ भण्डारीले भने ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले तातोपानी नाका अनिश्चितकालका लागि बन्द भएपछि व्यवसायीको आशा मर्दै गएको बताए । नाका कहिले नियमित सञ्चालनमा आउने भन्ने टुंगो नहुँदा आयात–निर्यातमा निर्भर व्यवसायी अन्योलमा छन् । नाका बन्दको असर सीमावर्ती बजारमा मात्र सीमित नभई चिनियाँ सामानको आपूर्ति हुने अन्य बजारसम्म फैलिन थालेको व्यवसायीको भनाइ छ ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले नाका सञ्चालनमा अनिश्चितता कायम रहँदा व्यवसायी, मजदुर, चालक, सहचालक र स्थानीयवासीको रोजीरोटी प्रभावित भएको बताए।‘चीनको यस्तो व्यवहार कहिलेसम्म सहने? अब हाम्रो धैर्यको पनि सीमा छैन । तातोपानी–लिपिङ नाकासँग जोडिएका नेपाली व्यवसायी, मजदुर, चालक, सहचालक र स्थानीयवासीको पीडा कसले बुझ्ने ? हाम्रो रोजीरोटी, व्यापार–व्यवसाय र भविष्यसँग जोडिएको नाकालाई पटक–पटक अनिश्चिततामा राखिरहँदा अब हामीले कहिलेसम्म चुप लागेर बस्ने?’ उनले प्रश्न गरे ।

नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित हुनुपर्ने सापकोटाले बताए । नाका सञ्चालनमा अनिश्चितता कायम रहँदा हजारौँ नेपालीको रोजीरोटी प्रभावित भइरहेको उनको भनाइ छ । भोटेकोसी गापा २ का अध्यक्ष कुमार श्रेष्ठले तातोपानी नाका  नखुलाउनुको कारण बाहिर स्पष्ट नदेखिएको बताए ।

'सडक,पूर्वाधार,भन्सार,अध्यागमन यावत् सबै तयारी अवस्थामा छन्। उता चिनले पनि  खासामा पनि स्मार्ट सिटी बनाउँदैछ, आखिर तातोपानी बन्द किन छ ? सरकारले पहल गर्न नसकेको हो कि के हो भगवान् जानुन्,' उनले भने । दुवैतर्फ सम्पूर्ण पूर्वाधार तयारीमा रहँदा पनि नाका बन्द हुँदा सबै अचम्ममा परेको उनले जनाए ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी
Compare →
Onlinekhabar
18h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#नाका #तातोपानी
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#नाका
Compare →
Nagarik News
15h ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

#नाका #पुन
Compare →

Related Stories

Business & Economy
Build #2611