Trending
Prev Story
Next Story

तेहरानमा साउदी, टर्की र पाकिस्तानका अधिकारीबीच सुरक्षा वार्ता हुने

Ekantipur •
October 26, 2026 • 07:31 AM
1
1 reads 0 reactions

बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुने इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले बताए

तेहरानमा साउदी, टर्की र पाकिस्तानका अधिकारीबीच सुरक्षा वार्ता हुने

बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुने इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले बताए

तेहरान — इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी तेहरान आउने घोषणा गरेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले सोमबार यस्तो जानकारी दिएका छन् । तर, उनले बैठकको मिति भने खुलाएका छैनन् ।

कानीका अनुसार बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुनेछन् । उनीहरूले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईसँग छलफल गर्नेछन् ।

इरानको सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा कानीले चार देशको बैठकले स्थायी क्षेत्रीय सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

उनले यस पहलले पश्चिम एशिया क्षेत्रमा स्थिरता स्थापना गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । पाकिस्तानका सेना प्रमुख मुनीरले गत साता तेहरान भ्रमण गर्दा बैठकको प्रस्ताव गरिएको उनले जानकारी दिए ।

फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एशियामा युद्ध चर्किएको छ । त्यतिबेला वासिङ्टन र तेहरानबीच इरानको आणविक कार्यक्रमबारे वार्ता चलिरहेको थियो ।

अप्रिलमा भएको युद्धविरामले तीव्र बमबारीको प्रारम्भिक चरण अन्त्य गरे पनि हर्मुज जलमार्गलाई लिएर तनाव कायम छ । विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको छ ।

इरानले जलमार्गमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति नलिई यस जलमार्ग पार गर्न खोज्ने जहाजलाई नियमित रूपमा निशाना बनाइने जनाएको छ । त्यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ ।

अमेरिका र इरानबीचको कूटनीतिक प्रयास पनि अवरुद्ध भएको छ । द्वन्द्वको स्थायी समाधानका लागि मार्ग खोल्ने अपेक्षा गरिएको सम्झौता भङ्ग भएपछि वार्ता थप कठिन बनेको छ ।

यसैबीच, यमनमा साउदी अरेबिया र इरान समर्थित हुथीबीचको लडाइँले पनि क्षेत्रीय तनावलाई थप विस्तार गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
हुथी आक्रमणसँगै विपक्षीहरूको प्रश्नको घेरामा साउदी युवराज, देशको सुरक्षामा चुक भएको आरोप

हुथी आक्रमणसँगै विपक्षीहरूको प्रश्नको घेरामा साउदी युवराज, देशको सुरक्षामा चुक भएको आरोप

काठमाडौं- साउदी अरबका विमानस्थल र ऊर्जा क्षेत्रसँग सम्बन्धित संरचनाहरूमा हुथी विद्रोहीहरूले गरेका आक्रमणले साउदी अरबको नेतृत्वसामु ठूलो चुनौती खडा गरेको छ । यी आक्रमणले साउदी अरबको ‘भिजन २०३०’ योजन...

#साउदी #सुरक्षा
Compare →
Nagarik News
17h ago
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

#साउदी #अरेबिया
Compare →
Onlinekhabar
11h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#पाकिस्तान
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

Education & Youth
Build #2611