Trending
Prev Story
Next Story

दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

Nagarik News •
October 26, 2026 • 03:25 AM
1
1 reads 0 reactions

दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।

दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।

प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो।

देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए।

प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन्। आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली पनि तयार पार्ने जनाएको छ।

प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु २५ हजार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि रु एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको र दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ०९:१० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, ३ हजारभन्दा बढी सहभागी हुँदै

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, ३ हजारभन्दा बढी सहभागी हुँदै

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा पार्टी सङ्गठनका प्रतिनिधि सहभागी ह...

#मङ्सिर #गते
Compare →
Ekantipur
1d ago
धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।

#गोल्डकप
Compare →

Related Stories

Sports
Build #2611