Trending
Prev Story
Next Story

सराए नाचको रौनक (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, गुल्मी । पश्चिम नेपालमा दशैंका बेला प्रदर्शन गरिने मौलिक सांस्कृतिक नाच हो—सराए नाच । धार्मिक आस्था, परम्परा, मनोरञ्जन र सामूहिक एकताको प्रतीकका रूपमा रहेको सराए नाच पछिल्लो समय नयाँ पुस्तामा आकर्षण घट्दै जाँदा …

सराए नाचको रौनक (तस्वीरहरू)

९ कात्तिक, गुल्मी । पश्चिम नेपालमा दशैंका बेला प्रदर्शन गरिने मौलिक सांस्कृतिक नाच हो—सराए नाच । धार्मिक आस्था, परम्परा, मनोरञ्जन र सामूहिक एकताको प्रतीकका रूपमा रहेको सराए नाच पछिल्लो समय नयाँ पुस्तामा आकर्षण घट्दै जाँदा संरक्षणको चुनौतीमा परेको छ ।

तर गुल्मीको इस्मा गाउँपालिका–२, ताल्तुङ्गका स्थानीय भने पुरानो संस्कृति हराउन नदिन नयाँ र पुराना पुस्तालाई एकै ठाउँमा उभ्याउँदै संरक्षण अभियानमा जुटेका छन् । दशैंको टीका लगाएपछि सुरु हुने सराए नाच पूर्णिमासम्म विभिन्न कोट तथा देवालयमा प्रदर्शन गर्ने परम्परा छ ।

हातमा तरवार लिएर बाजागाजाको तालमा सामूहिक रूपमा नाच्ने, एकआपसमा खुसी साटासाट गर्ने र देवी भगवतीप्रति श्रद्धा व्यक्त गर्ने यस परम्पराले पुस्तौँदेखि स्थानीय समुदायलाई जोड्दै आएको छ । विजयादशमीको सांस्कृतिक पहिचानका रूपमा रहेको सराए नाच धार्मिक विश्वाससँगै स्थानीय मौलिकता, सामाजिक सद्भाव र सामूहिक एकताको जीवन्त उदाहरण पनि हो ।

परम्परागत भेषभूषामा सजिएर हातमा तरबार लिई ताल मिलाउँदै गरिने सराए नाच हेर्न दसैंका बेला स्थानीयवासीसँगै टाढाटाढाबाट आउने दर्शकको समेत आकर्षण रहने गरेको छ । नाचमा सहभागी हुनेहरूका लागि यो मनोरञ्जन मात्रै नभई पुर्खाले हस्तान्तरण गरेको संस्कार र संस्कृतिलाई आत्मसात् गर्ने अवसर पनि हो ।

तर पछिल्लो समय आधुनिक जीवनशैली, युवा पुस्ताको बदलिँदो रुचि र परम्परागत संस्कृतिप्रतिको घट्दो चासोले यस्ता मौलिक परम्पराको निरन्तरतामा प्रश्न उठ्न थालेको छ । यही चुनौतीलाई बुझेर ताल्तुङ्गका स्थानीयले सराए नाचको संरक्षण र प्रवर्द्धनमा सामूहिक पहल थालेका छन् ।

पुराना पुस्ताले वर्षौँदेखि अभ्यास गर्दै आएको नाचसम्बन्धी ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास भइरहेको छ । नयाँ पुस्तालाई नाचमा सहभागी गराउने, सामूहिक अभ्यासलाई निरन्तरता दिने र परम्परागत प्रस्तुतिलाई व्यवस्थित बनाउने काममा स्थानीयवासी सक्रिय छन् ।

इस्मा २ ताल्तुङका स्थानीय युवा राजेन्द्रबिक्रम कुँवरका अनुसार सराए नाच आफ्नो गाउँको पहिचान र पुर्खाको विरासतसँग जोडिएको संस्कृति हो । यसको संरक्षण गर्नु भनेको नाचलाई निरन्तरता दिनु मात्रै नभई आफ्नो मौलिक पहिचान र इतिहासलाई जोगाउनु पनि भएको उनले बताए ।

नयाँ पुस्ताले परम्पराको महत्व बुझेर यसमा सक्रिय सहभागिता जनाउनुपर्ने कुँवरको भनाइ छ । युवाहरूको सहभागिता बढाउन सके मात्रै संस्कृति पुस्तान्तरण सम्भव हुने स्थानीयको बुझाइ छ ।

गुल्मीका अर्जै, अमरपुर, इस्मा मैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम र चोयगालगायतका स्थान सराए नाचका लागि परिचित छन् । यी क्षेत्रका विभिन्न कोट तथा देवालयमा दसैंका अवसरमा सराए नाच प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ ।

धार्मिक आस्था र स्थानीय संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने यो नाच गुल्मीको सांस्कृतिक सम्पदाका रूपमा समेत परिचित छ । तर समयसँगै सराए नाचमा सहभागी हुनेको संख्या घट्दै जान थालेपछि यसको संरक्षणका लागि थप प्रयास आवश्यक देखिएको छ ।

नयाँ पुस्तालाई संस्कृतिको महत्व बुझाउने, परम्परागत नाचमा सहभागी गराउने र स्थानीय स्तरमै संरक्षणका कार्यक्रम सञ्चालन गर्ने विषय अहिले महत्वपूर्ण बनेको छ । यही अवस्थालाई मध्यनजर गर्दै ताल्तुङ्गका स्थानीयले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सक्रियतालाई जोडेर सराए नाचको मौलिकता जोगाउने अभियानलाई अघि बढाएका छन् ।

संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण मानिएको छ । इस्मा गाउँपालिका–२ का वडाध्यक्ष लोकनाथ आचार्यले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा वडाले चासो देखाएको बताए ।

ताल्तुङ्गे सराए र भैलो जस्ता मौलिक सांस्कृतिक अभ्यासलाई जोगाउँदै आगामी पुस्तासम्म पुर्‍याउन स्थानीय तहले आवश्यक सहयोग र प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

स्थानीय सरकारको चासोसँगै समुदायको सक्रियता जोडिन सकेमा सराए नाचलाई व्यवस्थित रूपमा संरक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ । ताल्तुङ्गमा एउटै पोसाकमा सजिएर सामूहिक रूपमा सराए नाच प्रस्तुत गर्ने अभ्यासले पनि परम्परालाई निरन्तरता दिने प्रयासलाई प्रतिबिम्बित गर्छ ।

परम्परागत भेषभूषा, हातमा तरवार, बाजागाजाको ताल र सामूहिक उत्साहसहित प्रस्तुत हुने नाचले गाउँमा दसैंको रौनक थप्ने गरेको छ । स्थानीयका अनुसार ताल्तुङ्गमा जिल्लाकै उत्कृष्ट सराए नाच प्रदर्शन गरिन्छ ।

इस्मा २ का स्थानीय सूर्यबहादुर पछाईका अनुसार सराए नाच केवल दसैंमा रमाइलो गर्ने माध्यम मात्रै होइन, पुर्खाले छाडेर गएको अमूल्य सांस्कृतिक सम्पदा पनि भएको बताए । यसलाई संरक्षण गर्न सके भावी पुस्ताले आफ्नो मौलिक संस्कृति र परम्पराबारे जान्ने अवसर पाउने उनको भनाइ छ ।

स्थानीयको सक्रियताले ताल्तुङ्गमा सराए नाच संरक्षणप्रतिको चासो बढाएको छ । परम्परागत नाचमा युवाको सहभागिता बढाउनु, नाचको मौलिक स्वरूप जोगाउनु र सांस्कृतिक अभ्यासलाई नियमितता दिनु अहिलेको प्रमुख आवश्यकता हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
कार्तिक नाच सुरु, तस्बिरहरू

कार्तिक नाच सुरु, तस्बिरहरू

काठमाडाैँ । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु भएको छ। यस वर्ष कार्तिक नाच १२ दिनसम्म प्रदर्शन गरिने भएको छ। कात्तिक ना...

#नाच #प्रदर्शन
Compare →
Ekantipur
16h ago
पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

#नाच #प्रदर्शन
Compare →
Nagarik News
4d ago
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

#नाच
Compare →

Related Stories

World News
Build #2612