Trending
Prev Story
Next Story

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् । पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित …

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

९ कात्तिक, काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् ।

पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।

ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन् । यससँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन् ।

पहिलो चरणको निर्वाचनमा लुलाभन्दा बोल्सोनारो अगाडि थिए । तर दोस्रो चरणमा लुलाले पुनरागमन जित हासिल गरेका हुन् ।

लुलाको विजयसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आएको ल्याटिन अमेरिकी राजनीतिमा दक्षिणपन्थी प्रभाव विस्तारको प्रयासलाई धक्का लागेको छ । यद्यपि, नयाँ कार्यकालमा लुलाले संसदमा बोल्सोनारोको लिबरल पार्टीको बलियो उपस्थितिसँगै सार्वजनिक ऋण नियन्त्रण र आर्थिक स्थायित्व कायम गर्ने चुनौती सामना गर्नुपर्नेछ ।

निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा साओ पाउलोको पाउलिस्टा एभिन्युमा आइतबार साँझ सयौँ लुला समर्थक भेला भएका थिए । उनीहरूले राष्ट्रपतिको तस्बिर अंकित रातो झन्डा बोकेर मतगणना हेरेका थिए ।

लुलाको विजयप्रति उत्साहित समर्थकहरूले निर्वाचनलाई लोकतन्त्रको जितका रूपमा व्याख्या गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

खोटाङ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई बुधबार गोठमा...

#वर्षीय
Compare →
Nagarik News
1d ago
मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

#वर्षीय
Compare →

Related Stories

Politics & Governance
Build #2612