Trending
Prev Story
Next Story

तनहुँको झाङ्गाझोलीमा जडीबुटी पर्यटन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, दमौली (तनहुँ) । शान्त वातावरण, प्राकृतिक सौन्दर्य र परिवारसँग रमाइलो समय बिताउने ठाउँ खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली उपयुक्त गन्तव्य बन्न सक्छ। प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, …

तनहुँको झाङ्गाझोलीमा जडीबुटी पर्यटन

८ कात्तिक, दमौली (तनहुँ) । शान्त वातावरण, प्राकृतिक सौन्दर्य र परिवारसँग रमाइलो समय बिताउने ठाउँ खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली उपयुक्त गन्तव्य बन्न सक्छ।

प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। बालबालिकालाई खेलाउने, प्रकृतिसँग रमाउने र परिवारका सदस्यसँग समय बिताउने चाहना राख्नेहरूका लागि यो उपयुक्त ठाउँ हो।

पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ करिब डेढ किलोमिटर अगाडि पुगेपछि झाङ्गाझोली पुग्न सकिन्छ। कालोपत्रे सडक र पार्किङ सुविधाका कारण निजी सवारीसाधनमा परिवारसहित यहाँ पुग्न सहज छ।

झाङ्गाझोलीको मुख्य आकर्षणमध्ये ‘गौरादेवी प्राकृतिक जडीबुटी उद्यान’ एक हो। करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएका छन्। यहाँ रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम, टिमुर र कुरिलोलगायत वनस्पति अवलोकन गर्न सकिन्छ।

बिरुवाको नाम र विवरणसहितका नेमप्लेट राखिएकाले बालबालिकाले घुमफिरसँगै नयाँ कुरा सिक्न सक्छन्। जनावरका आकर्षक मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र हरियालीले यहाँको आकर्षण थपेका छन्। खोलाको आसपासको शान्त वातावरणमा परिवारसँग समय बिताउन र तस्वीर खिच्न पनि सकिन्छ।

स्थानीय परिकारदेखि पारिवारिक जमघटसम्म

घुमफिरसँगै स्वादिला परिकारको आनन्द लिन चाहनेहरूका लागि यहाँ लोकल कुखुरा र कालिजका परिकार उपलब्ध छन्। परिवार तथा आफन्तसँग बसेर खानपिन गर्ने, कुराकानी गर्ने र खुसी साट्ने वातावरणले यहाँको बसाइलाई थप रमाइलो बनाउने झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेल बताउँछन्।

जन्मदिन, वैवाहिक वर्षगाँठलगायत पारिवारिक कार्यक्रमका लागि क्याम्प फायर र कार्यक्रम हलको सुविधा पनि छ। एकै दिन घुमेर फर्किन वा रात बिताउन चाहनेहरूका लागि वातानुकूलित कोठासमेत उपलब्ध छन्। कोठाको शुल्क प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म छ।

‘परिवारसँग रमाउन झाङ्गाझोली उपयुक्त गन्तव्य’

सञ्चालक पौडेलका अनुसार परिवारसहित घुम्न आउनेहरूका लागि झाङ्गाझोलीमा मनोरञ्जन, प्राकृतिक वातावरण र खानपिनको सुविधा एकै ठाउँमा उपलब्ध छ।

‘परिवारका सबै सदस्यसँग समय बिताउने, बालबालिकालाई रमाइलो गराउने र प्रकृतिको आनन्द लिने चाहना सबैको हुन्छ। झाङ्गाझोलीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आ–आफ्नै तरिकाले रमाउन सक्ने वातावरण छ,” उनी भन्छन्, “टाढा जान नभ्याउनेहरूका लागि पनि परिवारसँग एक दिन बिताउन वा रात बसेर रमाइलो गर्न यो राम्रो गन्तव्य बन्न सक्छ।’

उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन्। करिब एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको जडीबुटी उद्यान तथा अन्य भौतिक संरचनाले क्षेत्रको आकर्षण बढाएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
तनहुँमा बलेरो जिप दुर्घटना, ६ जना घाइते

तनहुँमा बलेरो जिप दुर्घटना, ६ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ गोटपानीमा बिहीबार दिउँसो बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

#तनहुँ
Compare →
Hamro Patro News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । ...

#तनहुँ
Compare →
Bizshala
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत ...

#तनहुँ
Compare →

Related Stories

Property & Real Estate
Build #2612