Trending
Prev Story
Next Story

दसैं सपिङ : छुटको लोभमा नफस्ने ५ स्मार्ट तरिका

Onlinekhabar •
October 15, 2026 • 05:56:58 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

दसैं सपिङ : छुटको लोभमा नफस्ने ५ स्मार्ट तरिका

कुनै सामान किन्न बजार जानुअघि त्यसको मूल्य अनलाइन पनि हेर्नुपर्छ । एउटै सामान फरक पसल वा वेबसाइटमा फरक मूल्यमा उपलब्ध हुन सक्छ । यसरी मूल्य तुलना गर्दा छुट वास्तवमै कति हो भन्ने पनि थाहा हुन्छ ।

बजार पुगेपछि मन परेको सामान देखेर बजेट अवस्था बिर्सिन सकिन्छ । कहिलेकाहीँ आवश्यक नभएको सामान पनि ‘यति राम्रो छुट छ’ भनेर किन्न मन लाग्छ । त्यसैले घरबाट निस्कनुअघि नै कति रकम खर्च गर्ने भन्ने सीमा तय गर्नुपर्छ ।

किनमेलको सूची बनाउनुपर्छ् र सकेसम्म त्यही सूचीमा रहेका सामानलाई प्राथमिकता दिनुपर्छ । ‘छुट छ, त्यसैले किन्नुपर्छ’ भन्दा ‘मलाई यसको आवश्यकता छ कि छैन ?’ भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्छ ।

अनलाइन सपिङमा ‘केवल दुईवटा सामान बाँकी’, ‘अफर सकिन केही मिनेट मात्र बाँकी’ वा काउन्टडाउन टाइमर देखाउने गरिन्छ । यस्ता सूचनाले सामान छुट्ने डर अर्थात् ‘फोमो’ बढाउन सक्छ ।

कुनै सामान असाध्यै मन पर्‍यो भन्दैमा तुरुन्तै किन्नुपर्दैन । अनलाइन भए कार्ट वा विशलिस्टमा राखेर एप बन्द गर्न सकिन्छ । कम्तीमा २४ घण्टापछि फेरि हेर्नुपर्छ । तत्कालको उत्साह कम भएपछि धेरै सामानप्रतिको रुचि आफैं घट्न सक्छ ।

सेलमा पुरानो मूल्य काटेर नयाँ मूल्य देखाइन्छ । उदाहरणका लागि, ५ हजार रुपैयाँको सामानलाई २ हजार ५०० रुपैयाँमा झारिएको देख्दा ‘२ हजार ५०० रुपैयाँ बचत भयो’ भन्ने लाग्न सक्छ । यसलाई ‘एंकरिङ इफेक्ट’ सँग जोडेर बुझ्न सकिन्छ ।

तर अर्को तरिकाले सोच्दा तपाईंले २ हजार ५०० रुपैयाँ खर्च गर्नुभएको छ । त्यो सामान आवश्यक नै थिएन भने त्यो रकम बचत होइन, खर्च हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#भन्ने #कति
Compare →
Hamro Patro News
6d ago
के तपाईँको मुहारको एउटा साधारण फोटोले तपाईँ कति बिरामी हुनुहुन्छ भन्ने खुलासा गर्न सक्छ?

के तपाईँको मुहारको एउटा साधारण फोटोले तपाईँ कति बिरामी हुनुहुन्छ भन्ने खुलासा गर्न सक्छ?

अमेरिकी अनुसन्धानकर्ताहरूले आफूलाई देखाउन आउने व्यक्ति कति बिरामी हो भन्ने एउटा फोटोकै भरमा मूल्याङ्कन गर्न आर्टिफिसिअल इन्टेलिजन्स अर्थात् एआईले मद्दत गर्न सक्ने बताएका छन्। लाखौँ स्वस्थ व्यक्तिक...

#भन्ने #कति
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#छुट
Compare →
Nagarik News
1w ago
ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।

#छुट
Compare →

Related Stories

World News
Build #2611