Trending
Prev Story
Next Story

यौनांगको रौं काट्न हुन्छ ? सुरक्षित तरिका कुन ?

Onlinekhabar •
November 13, 2026 • 06:30:59 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

यौनांगको रौं काट्न हुन्छ ? सुरक्षित तरिका कुन ?

अनलाइनखबर २०८३ कात्तिक २७ गते १२:०५

गुप्ताङ्गमा रौं देखिनासाथ धेरैलाई हटाउनुपर्छ भन्ने लाग्छ । कोही रेजर चलाउँछन् त कोही वाक्स वा लेजरको सहारा लिन्छन् । तर यौनाङ्गको रौं हुनु फोहोर वा सरसफाइको कमी होइन । शरीरले प्राकृतिक रूपमा उमार्ने यो रौंले संवेदनशील छालालाई घर्षणबाट जोगाउन मद्दत गर्छ । त्यसैले, रौं हटाउनैपर्छ भन्ने बाध्यता छैन ।

यौनाङ्गको रौं छोटो र व्यवस्थित राख्न चाहनुहुन्छ भने ट्रिमिङ राम्रो विकल्प हुन सक्छ । यसमा रौंलाई छालाको सतहसम्मै खौरिँदैन । त्यसैले छाला काटिने, घर्षण हुने वा रौं भित्रै उम्रिने जोखिम कम हुन्छ । तर ट्रिम गर्दा हतार गर्नु हुँदैन । राम्रो प्रकाश भएको ठाउँमा सफा उपकरण प्रयोग गर्नुपर्छ । ट्रिमर वा अन्य उपकरण अरूसँग साझा गर्नु हुँदैन ।

रेजर सजिलो र छिटो प्रयोग गर्न सकिने विकल्प हो । तर गुप्ताङ्गको छाला संवेदनशील हुने भएकाले जथाभावी चलाउँदा काटिने, पोल्ने, डाबर आउने वा रौं छालाभित्रै उम्रिने समस्या हुन सक्छ । रेजर प्रयोग गर्नुअघि नुहाएर रौं नरम बनाउनु राम्रो हुन्छ । सेभिङ जेल वा क्रिम लगाएर रौं उम्रिएको दिशामा बिस्तारै चलाउनुपर्छ । एउटै ठाउँमा पटक–पटक रेजर घोट्नु हुँदैन ।

वाक्स गर्दा रौं जरैदेखि उखेलिने भएकाले लामो समयसम्म रौं नदेखिन सक्छ । तर तातो वाक्सले छाला पोल्ने, रौं तान्दा चोट लाग्ने र रौं भित्रै उम्रिने जोखिम हुन्छ । त्यसैले गुप्ताङ्गको वाक्स आफैं गर्नुभन्दा स्वच्छता मापदण्ड पालना गर्ने अनुभवी व्यावसायिक ठाउँ रोज्नु राम्रो हुन्छ ।

बारम्बार रेजर वा वाक्स गर्न झन्झट लाग्छ भने लेजर हेयर रिमुभल अर्को विकल्प हुन सक्छ । यसले रौंको जरालाई लक्षित गरी यसको वृद्धि घटाउँछ । तर एकपटक लेजर गरेपछि सधैंका लागि रौं आउँदैन भन्ने होइन । यसका लागि धेरै चरणको उपचार आवश्यक पर्न सक्छ ।

रेजर र वाक्सको विकल्पका रूपमा कतिपयले रौं हटाउने क्रिम प्रयोग गर्छन् । यस्तो क्रिमले रौंको संरचना भत्काएर छालाको सतहबाट हटाउँछ । तर गुप्ताङ्ग वरिपरिको संवेदनशील छालामा यसले पोल्ने वा एलर्जी गराउन सक्छ । विशेषगरी योनाङ्गको भित्री भाग वा योनिभित्र यस्तो क्रिम प्रयोग गर्नु हुँदैन ।

यौनाङ्गको रौं हटाउँदा एउटै रेजर अरूसँग बाँड्ने, पुरानो ब्लेड प्रयोग गर्ने वा चोट लागेको छालामा फेरि रेजर र वाक्स चलाउने गल्ती गर्नु हुँदैन । सुगन्धित उत्पादनले संवेदनशील छाला घोट्नु पनि उचित होइन । रेजर चलाएपछि छाला पोल्ने वा सुख्खा हुने समस्या भए सुगन्धरहित मोइस्चराइजर प्रयोग गर्न सकिन्छ ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611