काठमाडौं । झापामा जमिनमुनि राखेको डिजेल ट्यांकी पड्किएर आगलागी भएको छ । शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखेको ट्यांकीबाट टिपरमा डिजेल लोड गर्ने क्रममा अचानक पड्किएर आगलागी हुँदा एकजना घाइते भएका छन् ।
आइतबार बेलुका कम्पनी परिसरमा जमिनमुनि राखेको ट्यांकीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल तेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा लोड गर्ने क्रममा ट्यांकी अचानक पड्किएर आगलागी भएको हो ।
Read full story at source ( baahrakhari.com )