Trending
Prev Story
Next Story

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

Onlinekhabar •
November 01, 2026 • 05:30 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् …

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीिले जनाएको छ ।

बिहान पौने ९ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।

अन्य घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ।

१. जिल्ला बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार (अवस्था मध्यम)

२. सोही ठाउँ बस्ने वर्ष २२ का रामदिन हरिजन (अवस्था मध्यम)

३. ऐ.ऐ. बस्ने वर्ष २४ का प्रेम धोबी (अवस्था सामान्य)

४. सोही ठाउँ बस्ने वर्ष २९ का दिलीपकुमार यादव (अवस्था सामान्य)

५. सोही ठाउँ बस्ने ३५ का लक्ष्मीराम यादव (अवस्था सामान्य)

६. भारत, जिल्ला बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद (अवस्था सामान्य)

७. सोही ठाउँ बस्ने वर्ष २४ का नशिवकुमार निषाद (अवस्था सामान्य)

८. सोही ठाउँ बस्ने वर्ष २५ का विनोदकुमार निषाद, (अवस्था सामान्य)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबह...

#आगलागी #घाइते
Compare →
Nagarik News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

#आगलागी #घाइते
Compare →
Ekantipur
7h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2611