काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ। क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने सम्बन्धमा समस्या देखिएको छ। यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन रोक लगाइएको बताइएको छ।
एनपीएलसँग सम्बन्धित स्रोतहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्नका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको दाबी गरेका छन्। यद्यपि, पीसीबीले आयोजकलाई लिखित रूपमा यस्तो शुल्क माग गरेको आधिकारिक पुष्टि हुन सकेको छैन। क्रिकइन्फोले यस विषयमा प्रतिक्रियाका लागि पीसीबीलाई सम्पर्क गरे पनि तत्काल कुनै जवाफ प्राप्त भएको छैन।
Read full story at source ( nepalnews.com )