जितपछि लिभरपुलको १५ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ ।
काठमाडौं — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आइतबार ब्राइटनलाई २–० ले पराजित गर्दै शीर्ष चारमा प्रवेश गरेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने बर्नमाउथसँग लाजमर्दो तरीकाले ३–० ले पराजित रह्यो ।
एनफिल्डमा भएको खेलमा लिभरपुलले पास्कल ग्रोबको आत्मघाती गोलमा अग्रता लिएको थियो । त्यसपछि एलेकजान्डर इसाकले दोस्रो गोल थपे । यो जितपछि लिभरपुलको १५ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ ।
हारका बावजुत ब्राइटन १६ अंकमा तेस्रो स्थानमा रह्यो । ओल्ड ट्राफोर्डमा भएको खेलमा बर्नमाउथका लागि रायन, मार्कस टाभेरनियर र इभानिल्सनले १-१ गोल गरे ।
हारले युनाइटेड ७ अंकमा सीमित रहेर १६औं स्थानमा रह्यो । यो नतिजाले खराब लयमा रहेको युनाइटेडका प्रशिक्षक माइकल क्यारेकको भविष्य अझ अनिश्चित भएको छ । यो रेलिगेसन क्षेत्रबाट १ अंकको दूरी हो ।
बर्नमाउथ भने ९औं अंकमा १३औं स्थानमा रह्यो । शनिबारका अन्य खेलमा न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० ले हरायो भने हल सिटी र ब्रेन्टफोर्डले १–१ को बराबरी खेले ।