काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति पदका लागि चारजनाले आकांक्षा देखाएका छन् । प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु), नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, कैलालीका कार्यवाहक सभापति भीमबहादुर बडुवाल र हिमबहादुर रावलले प्रदेश सभापति बन्ने इच्छा व्यक्त गरेका हुन् ।
प्रदेश कार्यसमितिका महामन्त्री शाहले आफू सभापति पदको आकांक्षी रहेको बताएका छन् । सुदूरपश्चिममा कांग्रेसलाई बलियो बनाउन आफूले सभापति पदमा दाबी गरेको उनको भनाइ छ । पार्टीले आवश्यक ठानेमा प्रदेश सभापतिको जिम्मेवारी लिन तयार रहेको उनले बाह्रखरीसँग बताए । यद्यपि, आफू पदका लागि मरिहत्ते नगर्ने उनले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )