Trending
Prev Story
Next Story

माडीका किसानको चिन्ता : धान काटौं पानीको डर, नकाटौं हात्तीको

Ekantipur •
October 25, 2026 • 01:00 PM
1
1 reads 0 reactions

चितवन निकुञ्जको आडमा रहेका बस्तीहरूमा खेती जोगाउन स्थानीयलाई सधै सकस हुने गरेको छ ।

माडीका किसानको चिन्ता : धान काटौं पानीको डर, नकाटौं हात्तीको

चितवन निकुञ्जको आडमा रहेका बस्तीहरूमा खेती जोगाउन स्थानीयलाई सधै सकस हुने गरेको छ ।

चितवन — काट्ने बेलामा पानी पर्न सक्ने मौसम पुर्वानुमानले मात्रै होइन केही दिनयता जंगली हात्तीले दिएको दु:खले लक्ष्मी अधिकारीको मन पिरोलिएको छ । धान काटौं पानीले भिजाउला भन्ने डर छ । नकाटौं निकुञ्ज आडबाट आउने हात्तीले खाएर सक्ने भए भन्ने पिर उनलाई छ । ‘धान खेतको बिजोग छ । हेर्न जान पनि मन लाग्दैन,’ उनले दिक्दार मान्दै भनिन् ।

उनको अनुभवमा पहिला पहिला पनि हात्ती नआउने हैन । तर यो वर्ष धेरै क्षति पुर्‍याएको छ । ‘हाम्रो १० कट्ठाको एउटा सिङ्गो गह्रो छ । त्यसमा ३५-४० मुरी धान फलाएका थियौं । यो पटक हात्तीले खाएर मिचेर स्याहार्नै नपर्ला जस्तो भएको छ । अरु गह्राहरूमा पनि त्यस्तै नोक्सान गरेको छ,’ लक्ष्मीले भनिन् । ४० हजार रुपैयाँ खर्च गरेर एक बिघामा लगाएको खेती हात्तीले सक्ने भयो भन्ने चिन्तामा छिन् उनी ।

चितवन राष्ट्रिय निकुञ्जको रेवा मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत माडी नगरपालिका–६ हरिनगरकी लक्ष्मी अधिकारीको खेतमा मात्रै हैन हात्तीले अरुको खेतमा पनि यस्तै नोक्सानी गरेको छ । रेवा उपभोक्ता समितिका कार्यालय सचिव सूर्यकान्त खनालका अनुसार दसैंको टीकाको दिनदेखि हात्तीले धान खेतमा पसेर नोक्सान गर्न सुरु गरेको हो । साँझ छिप्पिन नपाउँदै खेतमा हात्ती छिर्ने उनले बताए ।

‘दुईवटा जंगली हात्ती छन् । एउटा ठुलो छ, अर्को सानो छ । धपाउँदा नभाग्ने हैनन् तर फेरि कुन बेला आएर नोक्सान गर्ने हुन् ठेगान हुँदैन,’ खनालले भने । लखेटेर गाउँले फर्के पनि फेरि खेतमा पस्ने खतरा हुँदा रातभर जागै बस्नु परेको उनले बताए । हात्ती लखेट्न सजिलो छैन । रातको समयमा झनै जोखिम हुन्छ । त्यसैले सेनाको टोली पनि साथमा हुन्छ ।

‘निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको टोली पनि हात्ती धपाउन खट्ने गरेको छ । दुईवटा ट्रयाक्टर भाडामा लिएर हात्ती खेद्ने गरेका छौं,’ खनालले भने । उनका अनुसार चितवन निकुञ्जको आडमा रहेको रिउ खोला छेउको हरिनगरमा धान खेती राम्रोसँग फष्टाएको छ । त्यस क्षेत्रमा सय बिघा जति खेतमा धान काट्ने बेला भएको छ ।

हात्तीले कम्तिमा ५० बिघा खेतको धान नोक्सान गर्ने डर भएको खनालले बताइन् । वर्षा हुने पूर्वानुमान जारीका कारण गाउँलेले तत्कालै धान काट्न सकेका छैनन् । 'नकाटेको धान हात्तीले खाने खतरा छ,' भन्छन् खनाल । हात्तीले तारवार पनि भत्काएको छ । खेत र बस्तीमा हात्ती नछिरोस् भनेर लगाएको विद्युतीय झड्का तारबार र पीसीसीसहितको मेस जालीको छेकबार भत्केको छ ।

हात्तीले छेकबार भत्काएका कारण धान खेतमा पस्ने खतरा झनै बढेको खनालले बताए । पाक्ने बेलाको धान हात्तीले मन पराउने भएका कारण यो बेलामा हात्तीले नोक्सान गर्ने अवस्था आएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा माडीका बासिन्दा शिवजी गायकले बताए । निकुञ्जको आडमा रहेका कारण माडीमा यो समस्या वर्षेनी दोहरिन्छ ।

‘माडीको पूर्वी उत्तर भेग अयोध्यापुरीदेखि पाँच पाण्डव क्षेत्रसम्म यो समस्या छ । अयोध्यापुरी क्षेत्रमा अलि अग्लो बाँध रहेका कारण हात्ती धेरै खेतमा पस्दैन । अन्यत्र यस्तो छैन,’ अध्यक्ष गायकले भने । क्षतिको एकिन विवरण आइ नसकेको उनले बताए । हरिनगर क्षेत्रबाहेक अन्यत्र त्यत्ति ठुलो क्षति भएको सूचना नआएको उनले जानकारी दिए । प्रशासन र सेनालाई तयारी अवस्थामा राखेको उनले बताए ।

चितवन निकुञ्जको आडमा पर्ने बस्तीहरूमा खेती जोगाउन स्थानीयलाई सधै सकस हुने गरेको छ । ‘हामीले गैंडा जेततेन रोकेका थियौं तर हात्तीलाई सकिएन,’  रेवा मध्यवर्तीका कार्यालय सचिव सूर्य खनालले भने । वन्यजन्तुले बाली नोक्सानी गरेमा एक परिवारले अधिकतम १० हजार रुपैयाँसम्म राहत पाउने मध्यवर्ती अध्यक्ष शिवजी गायकले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
10h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#हात्ती #किसान
Compare →
Hamro Patro News
10h ago
गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

झापा। भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ । धान काटेर थन्क्याउने तयारीमा र...

#हात्ती #किसान
Compare →
Onlinekhabar
17h ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#हात्ती
Compare →

Related Stories

Education & Youth
Build #2611