Trending
Prev Story
Next Story

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

Ekantipur •
October 25, 2026 • 12:30 PM
1
1 reads 0 reactions

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्।

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्।

काठमाडौँ — अमेरिकाको फ्लोरिडास्थित तल्लाहासी सहरको फुटबल स्टेडियमनजिक भएको गोलीबारीमा कम्तीमा १२ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार फुटबल खेल सकिएपछि भीडभाड भएको ठाउँमा पहिले झगडा भएको थियो र त्यसपछि गोली चलेको हो। यस घटनासँग सम्बन्धित कोही पनि हालसम्म पक्राउ परेका छैनन्। घटनास्थल विश्वविद्यालयनजिकै भए पनि विश्वविद्यालय परिसरभित्र कुनै घटना नभएको प्रहरीले जनाएको छ।

यो घटना किन र कसरी भएको हो अनि घटनाको विस्तृत कारण के  थियो भन्ने सार्वजनिक भइसकेको छैन् ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2612