Trending
Prev Story
Next Story

पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् । सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित …

पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद

८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् ।

सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित इन्कारी पत्र पेश गरेका हुन् ।

अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गरेका छन् ।

अनुशासन समितिका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।

भट्टराईले अनलाइनखबरसँग भने, ‘उहाँले इन्कारी गर्नुभएको छ । त्यो बोली मेरो होइन भन्ने कुराहरू गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राखेका विषयहरू नै लिखित पत्रमा मोटामोटी आएको छ ।’

सुनारले इन्कार गरेपछि समितिले स्वतन्त्र प्रमाणको खोजी सुरु गरेको छ ।

विवादित अडियो सार्वजनिक भएसँगै सुनारले उक्त अडियो एआई निर्मित भएको दाबी सहितको प्रतिवाद गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा  उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको सुनारको जिकिर छ ।

काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा सुनारले लेखेका थिए, ‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’

पार्टीबाट गठित छानबिन समितिले अडियो प्रसारण गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनु अघिको अडियो लिएको छ । साथै, पीडित भनिएकी महिलाको भनि प्रसारित अन्तर्वार्ताको अडियो प्राप्त गर्न समितिले न्युज २४ लाई पत्राचार गरेको छ । आरोपित सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा राखेका विचारले छानबिनको कार्यलाई जटिलता थपेको समितिले जानकारी गराएको छ ।

‘जनआस्थाको अडियोलाई आन्तरिक रुपमा भेरिफाई गर्ने कार्य गर्छौं । त्यसमा केही जटिलता आयो भने प्राविधिक जाँचका लागि सम्बन्धित निकार्यमा पत्राचार गर्छौं,’ छानबिन समितिका संयोजक भट्टराईले भने, ‘हाम्रो तर्फबाट प्राविधिक जाँच गरिसकेपछि उहाँ (सुनार) लाई सोधपुछ गर्छौं । प्राविधिक जाँचमा समय कति लाग्छ । त्यसमा निर्भर हुन्छ । अन्य हिसाबमा हामी धेरै पर पुगेका छौं । प्राविधिक जाँचलाई हामीले छोट्याउन सक्ने कुरा भएन । अन्यथा, छिट्टै काम सक्छौं ।’

अडियो सार्वजनिक भए लगत्तै रास्वपाले चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।

उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
सरकार संवाद र सहकार्यबाट भाग्न खोजेको नेता पौडेलको आरोप

सरकार संवाद र सहकार्यबाट भाग्न खोजेको नेता पौडेलको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले वर्तमान सरकार नागरिक समाज, सञ्चारजगत् र राजनीतिक दलहरूसँग सहकार्य तथा संवाद गर्ने दिशामा नदेखिएको आरोप लगाएका छन् । रिपोर्टर्स ...

#संवाद
Compare →
Ekantipur
4d ago
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

#पत्र
Compare →
Nagarik News
1w ago
सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।

#संवाद
Compare →

Related Stories

Politics & Governance
Build #2612