Trending
Prev Story
Next Story

गुलरियाबाहेक जिल्लाका सबै ८ छोटी भन्सार कार्यालय बन्द

Ekantipur •
October 14, 2026 • 03:41 PM
2
2 reads 0 reactions

माओवादी द्वन्द्वकालमै बन्द भएका ७ वटा भन्सार नखुल्दै र गत १ साउनदेखि ताराताल छोटी भन्सार पनि बन्द भएको हो ।

गुलरियाबाहेक जिल्लाका सबै ८ छोटी भन्सार कार्यालय बन्द

माओवादी द्वन्द्वकालमै बन्द भएका ७ वटा भन्सार नखुल्दै र गत १ साउनदेखि ताराताल छोटी भन्सार पनि बन्द भएको हो ।

बर्दिया — गत १ साउनदेखि तारातालस्थित छोटी भन्सार कार्यालय पनि बन्द भएको छ । योसँगै गुलरियाबाहेक बर्दियाका सबै ७ वटा छोटी भन्सार बन्द हुँदा राजश्व संकलन प्रभावित भएको छ ।

माओवादी द्वन्द्वकालमै बन्द भएका ७ वटा भन्सार नखुल्दै र गत १ साउनदेखि ताराताल छोटी भन्सार पनि बन्द भएको हो । ८ वटा छोटी भन्सार कार्यालय बन्द भएकोले यस नाकाबाट आयात निर्यात हुने सामानको राजश्व संकलन शून्य भएको छ । भन्सार कार्यालय, राजापुरकी प्रमुख अनिता पौडेलले छोटी भन्सार कार्यालय बन्द भएका कारण राजश्व संकलन प्रभावित बन्दै गएको बताइन् । जिल्लाको पडेरिया, गणेशपुर, कालाबन्न्जर, छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्व कालमा अन्यत्र स्थान्तरण भएपछि बन्द छन् । गत असारसम्म सञ्चालनमा रहेको ताराताल छोटी भन्सार पनि बन्द भएको छ । सदरमुकाम गुलरियामा छोटी र मूल भन्सार राजापुरमा मात्र सञ्चालनमा छन् ।

बन्द गरिएको यस नाकामा दैनिक लाखौं रुपैयाँको दैनिक उपभोग्यका खाद्यान्यलगायत कपडाको राजश्व उठ्न सकेको छैन । जिल्लासँग ८३ किलोमिटर सीमाना भारतसँग जोडिएको छ । करिब ९० प्रतिशत सिमाना भारतीय घना जंगलले ढाकेको हुँदा यसको फाइदा उठाई तस्करले चोरी निकासी पैठारी गर्दै आएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी मुख्य नाकामा तैनाथ हुनाका साथै नियमित गस्ती भने हुने गरेको छ । सुरक्षा निकाय नभएको ठाउँबाट मौकाको फाइदा उठाइ तस्करी हुने गरेको भन्सारका कर्मचारीहरू बताउँछन् । कर्मचारीसँग जनशक्ति नभएका कारण राजश्वमा ठुलो असर पुगेको भन्सारका कर्मचारीले गुनासो पोखेका छन् ।

भारतबाट हुने चोरी तस्करीका सामान सशस्त्र प्रहरी बलले सबैभन्दा बढी बरामद गरी भन्सार कार्यालयमा बुझाउँदा वार्षिक लक्ष्य पूरा हुँदै आएको भन्सार प्रमुख पौडेलले बताइन । उनले भनिन्, ‘त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालयबाट राजश्व संकलन हुने गरेको छ । चालु आर्थिक वर्षमा यस भन्सारको वार्षिक लक्ष्य ३ करोड ३६ लाख रहेको छ । गत साउनयता सशस्त्र प्रहरी बलले १ करोड ६ लाख ५९ हजार बराबरको चोरी तस्करीका सामान बरामद गरी बुझाएको भन्सारका सूचना अधिकारी प्रमोदकुमार महतोले बताए । उनका अनुसार सोही अवधिमा नेपाल प्रहरीले तस्करीका सामान ३३ लाख २३ हजार र भन्सार कार्यालयले ३ लाख ४४ हजार राजश्व असुली भएको छ ।

छोटी भन्सार कार्यालय, तारातालले गत आवमा ३३ लाख राजश्व असुली भएको थियो । वैधरुपमा यस नाकाबाट आउने सामानको राजश्व उठ्न बन्द भएको छ । सुरक्षा निकायले तस्करीका सामान बरामद गरी भन्सार बुझाएपछि लिलाम गरी राजश्व संकलन हुने गर्छ ।

भन्सार कार्यालय, बर्दियामा कर्मचारीको दरबन्दीअनुसार जनशक्ति कम छ । हाल भन्सार अधिकृत १, नासु ६ मध्ये ४, लेखापाल १, चालक १ र कार्यालय सहयोगी ६ दरबन्दीमा ३ जना रहेका छन् । भन्सार अधिकृत पौडेलले जनशक्तिको अभावमा राजश्व संकलनमा सकस भएको बताइन् । सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार नाकामा छोटी भन्सार कार्यालय नहुँदा बरामद गरिएको सामान गुलरिया पुराउदा झन्झटिलो हुने गरेको गुनासो पोखे ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
तीन महिनामै १८ अर्ब ८१ करोडको स्मार्टफोन आयात

तीन महिनामै १८ अर्ब ८१ करोडको स्मार्टफोन आयात

भन्सार विभागको साउनदेखि असोजसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार उक्त अवधिमा ८ लाख ११ हजार २६७ थान स्मार्टफोन भित्रिएका हुन्।

#भन्सार #साउन
Compare →
Hamro Patro News
4d ago
अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

बेइजिङ – चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने न...

#भन्सार
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →
Onlinekhabar
1w ago
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी …

#भन्सार
Compare →
Bizshala
1w ago
हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल...

#भन्सार
Compare →

Related Stories

Business & Economy
Build #2612