शनिबार दसैँ अवधिभरकै उल्लेख्य सङ्ख्यामा भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको त्रयोदशीको दिन अर्थात शनिबार एकैदिन चार हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार कुल चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दसैँको नवरात्रि यता सबैभन्दा बढी हो । यसअघि नवरात्रिको दोस्रो दिन एक हजार ३३७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।
Read full story at source ( gorkhapatraonline.com )