Trending
Prev Story
Next Story

पाथीभरामा एकै दिन १० हजार बढीले गरे दर्शन

Nagarik News •
November 03, 2026 • 09:29 AM
1
1 reads 0 reactions

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

पाथीभरामा एकै दिन १० हजार बढीले गरे दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रपजन हाङवाङका अनुसार मंगलबार १० हजार ६ सय १६ जनाले मन्दिरको दर्शन गरेका छन्।

एकै दिन साढे १० हजार बढीले मन्दिरको दर्शन गरेको वर्षकै बढी संख्या रहेको क्षेत्र विकास समितिले जनाएको छ।

मौसम खुल्ला भएको, पारिलो घाम लागेको र यातायात समेत सहज भएका कारण विगत केहिदिन यता पाथीभरामा दर्शनार्थीको घुइँचो लागिरहेको छ।

यसअघि गत कात्तिक ७ गते एकै दिन ४ हजार ३ सय ७ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।

उक्त रेकर्डलाई मंगलबारको दर्शनार्थीको संख्याले तोडेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १५:१४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
पाथीभरामा दर्शनार्थीको भीड

पाथीभरामा दर्शनार्थीको भीड

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज ...

#पाथीभरा #दर्शन
Compare →
Onlinekhabar
5d ago
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको …

#मन्दिर #दर्शन
Compare →

Related Stories

Science & Climate
Build #2612