Trending
Prev Story
Next Story

पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

Nagarik News •
October 25, 2026 • 04:15 AM
1
1 reads 0 reactions

अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै आएका छन्।

पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै आएका छन्। उनले यो कामबाट मासिक २५ हजार  रुपैयाँ बचाउँछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’ गर्दै आएका हुन्। घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउँछन्।

घरको जेठो छोरा रहेका दीपकका भाइ पनि पढ्दै छन्। बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन। त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले बताए। अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ।

दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङबाट आम्दानी गर्दै आएका छन्। छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका हुन्। हाल यसैलाई मुख्य पेसा बनाएका छन्।

शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक रु २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ। उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए। आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ।

यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन्। रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम थालेका हुन्। करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन्। उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाएका छन्।

यी युवाको अनुभवले पढाइ र रोजगारी सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पुर्‍याउन सक्ने देखाउँछ।स्थानीय स्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: ८ कार्तिक २०८३ १०:०० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#खर्च #जुटाउन
Compare →
Hamro Patro News
2w ago
इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो

इरान युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलरभन्दा बढी पुगेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को पछिल्लो अनुमानअनुसार युद्धमा प्रयोग भएका हतियारको भण्डार पुनः भर्न र गुमाएका सैन्य उपकरण प्रति...

#खर्च
Compare →
Bizshala
1w ago
अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा करिब ४४ करोड ६०...

#खर्च
Compare →
Ekantipur
5d ago
कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली सरकारको सय दिने उपलब्धि सार्वजनिक, बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले सय दिनमा कानुन निर्माण, प्रशासनिक सुधार र पूर्वाधार विकासका काम अघि बढाएको विवरण सार्वजनिक गरेको छ । तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म पुँजीगत बजेट खर्च भने ३.९३ प्रतिशत मात्रै छ ।

#खर्च
Compare →

Related Stories

Business & Economy
Build #2611