काठमाडौं — मानिसको आयु लम्ब्याउन सक्ने औषधिको खोजीमा वैज्ञानिकहरूले नयाँ सङ्केत फेला पारेका छन्। तौल घटाउन र मधुमेह नियन्त्रण गर्न प्रयोग गरिने सेमाग्लुटाइड नामक औषधिले वृद्ध मुसाको आयु लम्ब्याउनुका साथै बुढ्यौलीसँगै कमजोर हुँदै जाने शारीरिक तथा मानसिक क्षमतामा सकारात्मक प्रभाव पारेको अनुसन्धानले देखाएको छ।
तर, यो खोजले मानिसको आयु पनि औषधिका कारण लम्बिन्छ भन्ने प्रमाणित गरिसकेको छैन। मुसामा देखिएको प्रभाव मानिसमा पनि हुन्छ कि हुँदैन, औषधि कति समय प्रयोग गर्नुपर्छ र स्वस्थ व्यक्तिले प्रयोग गर्दा कस्तो लाभ वा जोखिम हुन सक्छ भन्ने प्रश्नको उत्तर वैज्ञानिकहरूले अझै खोजिरहेका छन्।
Read full story at source ( swasthyakhabar.com )