Trending
Prev Story
Next Story

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

Nagarik News •
November 05, 2026 • 08:14 AM
1
1 reads 0 reactions

मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्यांकको नियमित विश्लेषण र त्यसका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जोड दिएका छन्।

एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, तोकिएको मात्रा र अवधिभन्दा फरक तरिकाले प्रयोग गर्ने तथा जथाभावी बिक्री वितरण गर्ने प्रवृत्तिले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउने भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग प्रवर्द्धनका लागि औषधिको प्याकेजिङमा रातो धर्सा राख्ने, विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिकको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा रोक लगाउने र सुरक्षित प्रयोगका लागि रिजर्भ समूहका एन्टिबायोटिक अस्पतालका औषधि पसलबाट मात्र बिक्री वितरण गर्ने व्यवस्थालगायतका नियामकीय प्रयास भइरहेको उनले उल्लेख गरिन्।

मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्व स्वास्थ्य क्षेत्रको संवेदनशील र गम्भीर चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको जोखिमप्रति मन्त्रालय सचेत रहेको बताए।

उनले एएमआर नियन्त्रणका लागि तथ्यांकमा आधारित निगरानी, औषधिको विवेकपूर्ण प्रयोग र सम्बन्धित निकायबीचको समन्वय आवश्यक रहेको धारणा राखे।

कार्यशालाको उद्देश्य सन् २०१६ देखि २०२४ सम्मको एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्यांकलाई व्यवस्थित रूपमा संकलन, विश्लेषण तथा प्रसार गरी औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन र प्रमाणमा आधारित नीतिगत निर्णयका लागि आधार तयार गर्नु हो। यसै क्रममा राष्ट्रिय अत्यावश्यक औषधिको सूचीको सातौँ संशोधनसमेत सार्वजनिक गरिएको छ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, राष्ट्रिय औषधि प्रयोगशालाका निमित्त निर्देशक, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालय तथा विभागका पदाधिकारी, औषधि उत्पादक तथा आयातकर्ता संघका प्रतिनिधि र सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १३:५९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्यांकको नियमित विश्लेषण र त्यसका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्...

#प्रयोग #मेहता #उपभोगसम्बन्धी
Compare →
Ekantipur
6d ago
एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

#प्रयोग
Compare →
Onlinekhabar
1w ago
ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा

ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा

१८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको आरोप लगाएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारले …

#प्रयोग
Compare →

Related Stories

World News
Build #2611