न्यायको आसनमा बस्ने व्यक्ति पनि कानुनप्रति उत्तरदायी हुनुपर्छ । लोकतन्त्रको वास्तविक शक्ति सत्तामा बस्ने व्यक्तिको अधिकारमा नभई कानुनको सीमाभित्र राख्ने संस्थाको विश्वसनीयतामा निहित हुन्छ । संसद् जनताप्रति, सरकार संविधानप्रति र न्यायपालिका न्याय तथा विवेकप्रति उत्तरदायी हुन्छन् । यीमध्ये कुनै एक संस्था आफ्नो उत्तरदायित्वबाट विमुख भएमा लोकतान्त्रिक व्यवस्थाको सन्तुलन खल्बलिन थाल्छ ।
न्यायपालिका राज्यका अन्य निकायका गैरकानुनी कार्यमाथि नियन्त्रण राख्ने अन्तिम आशाको केन्द्र हो । नागरिक अन्यायमा पर्दा, राज्यशक्तिको दुरुपयोग हुँदा वा शक्तिशाली व्यक्तिले कानुन छल्न खोज्दा न्यायालय निर्भीकतापूर्वक न्याय दिन सक्षम र स्वन्त्र हुनुपर्छ । त्यसैले न्यायाधीशलाई राजनीतिक दबाब, कार्यपालिकाको हस्तक्षेप र बाह्य स्वार्थबाट जोगाउनु लोकतन्त्रको अनिवार्य सर्त हो ।
Read full story at source ( baahrakhari.com )