Trending
Prev Story
Next Story

कानुन समितिको बैठक बोलाइयो, विवादित न्यायाधीशबारे छलफल हुने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान भएको छ । समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ । कानुन न्याय तथा मानव अधिकार समितिका सदस्यसमेत रहेका राष्ट्रिय …

कानुन समितिको बैठक बोलाइयो, विवादित न्यायाधीशबारे छलफल हुने

१४ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान भएको छ । समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

कानुन न्याय तथा मानव अधिकार समितिका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंका अनुसार उक्त बैठकमा सर्वोच्च अदालतका विवादित न्यायाधीशबारे छलफल हुनेछ ।

‘हामीले तत्काल कानुन समितिको मिटिङ कल गरेका छौं । कानुन समितिमार्फत अहिले अनुसन्धानको घेरामा जे–जे चिजहरू आएको छ ती चीजहरूलाई हेर्ने । त्यसको अध्ययनपछि मात्रै यसलाई अगाडि बढाएर लिएर जाने हो,’ राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘अहिले नै आजको आज नै महाअभियोग सिफारिस समिति गठन गर्ने र लाने भन्ने पक्षमा हामी छैनौं ।’

विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ ।

इनम सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीशहरू तथा प्रहरीका उच्च अधिकारीसँगको संवाद र कारोबारका विवरणहरू पनि सार्वजनिक भएका छन् ।

सापकोटासँग सात जना न्यायाधीशले सामूहिक भेटेको विषय पनि आएको छ ।

यस सन्दर्भमा छलफल गर्न कानुन न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान भएको सांसद चौलागाईंले जानकारी दिएका हुन् । उनले सार्वजनिक भएका विषयउपर विस्तृत अध्ययन आवश्यक रहेको बताएका छन् ।

‘कसैले घुस लेनदेन गर्ने कुरा ट्याक्स कट्टा गर्न गर्छ होला र ! त्यहाँ त ट्याक्सको कुरा पनि छ । सबभन्दा गम्भीर विषय के छ भने यो अनुसन्धानको घेरामा भएको विषय बाहिर कसरी आयो ?’ उनको प्रश्न छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ - कानुनमन्त्री गौतम

नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ - कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय निरूपणको प्...

#कानुन #न्याय #मानव
Compare →
Nagarik News
1w ago
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

#कानुन
Compare →
Bizshala
1w ago
पूर्वाधार सम्मेलनअघि ५९ कानुन संशोधनको तयारी, निजी क्षेत्रसँग मस्यौदामाथि छलफल

पूर्वाधार सम्मेलनअघि ५९ कानुन संशोधनको तयारी, निजी क्षेत्रसँग मस्यौदामाथि छलफल

काठमाण्डौ । सरकारले आगामी मंसिर अन्तिम सातामा आयोजना हुने पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै लगानी तथा पूर्वाधारसँग...

#कानुन
Compare →

Related Stories

World News
Build #2611