Trending
Prev Story
Next Story

बिग बोस : प्रतियोगीको हर्कत देखेर किन झोक्किए रोहित शेट्टी ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए । काश्वीले …

बिग बोस : प्रतियोगीको हर्कत देखेर किन झोक्किए रोहित शेट्टी ?

सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए ।

‘वीकेन्डका वार’को एउटा प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्काउटकी प्रेमिका काश्वी बिग बोसको घरमा प्रवेश गरेको देखिन्छ ।

घरमा पुगेपछि उनले स्काउटलाई व्यङ्ग्य गर्दै सोध्छिन्, ‘मसाज पार्लर कस्तो चलिरहेको छ ?’

त्यसपछि उनले लव गिललाई प्रश्न गर्छिन्, ‘के तिमी साँच्चै आफ्ना दाजुभाइसँग पनि यस्तो गर्छौ ?’

जवाफमा लवले आफूलाई दुखिरहेको र त्यसबेला मसाज गर्नु सामान्य लागेको बताउँछिन् ।

त्यसपछि काश्वीले स्काउटलाई प्रश्न गर्छिन्, ‘तिमीले कसरी मेरो तुलना उनीहरूसँग गर्न सक्छौ ?’

स्काउटले लवले आफ्नो राम्रोसँग ख्याल राखिरहेको जवाफ दिन्छन् । त्यसपछि काश्वी भन्छिन्, ‘यदि तिमीलाई घरमा भएको जस्तो महसुस गर्नुपर्ने थियो भने घरमै बस्नुपर्थ्यो ।’

यसअघि रोहित शेट्टीले स्काउट र लवबीचको सम्बन्धलाई लिएर प्रश्न उठाएका थिए । उनले दुवैलाई हप्काउँदै कम्बलभित्र भएको मसाजको दृश्य आफूलाई असहज लागेको बताएका थिए ।

रोहितले भनेका थिए, ‘तिमीहरू नजिक हुँदा एकपटक तिमी सुतेका हुन्छौ र उसले तिम्रो खुट्टा थिचिरहेको हुन्छ । त्यसपछि कम्बल आउँछ । कम्बलभित्र हातले थिचिरहेको देखिन्छ, जुन बिल्कुलै राम्रो लाग्दैन । त्यो राम्रो देखिँदैन । मैले के भन्न खोजेको हुँ, तिमी बुझिरहेका छौ नि ?’

कार्यक्रममा रोहित शेट्टीले गरेको सञ्चालनको सामाजिक सञ्जालमा धेरै दर्शकले प्रशंसा गरेका छन् । एक दर्शकले लेखेका छन्, ‘रोहित शेट्टीले निकै राम्रोसँग कार्यक्रम सञ्चालन गरिरहेका छन् ।’

अर्का एक दर्शकले उनलाई ‘राम्रो होस्ट र असल मानिस’ भन्दै प्रशंसा गरेका छन् । केही दर्शकले रोहित शेट्टीलाई नै ‘बिग बोस’को नियमित होस्ट बनाउनुपर्ने मागसमेत गरेका छन् ।

कार्यक्रमको यो भाग धेरै दर्शकलाई मन परेको देखिन्छ । एक दर्शकले लेखेका छन्, ‘कार्यक्रम हेरेर निकै सन्तुष्टि मिल्यो ।’ अर्का दर्शकले ‘बिग बोस’ सुरु भएदेखि अहिलेसम्मकै उत्कृष्ट भागमध्ये एक भएको प्रतिक्रिया दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ

'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ

रोहितले केही महिनाअघि आफ्नो निवासमा भएको गोलीकाण्डबारे पनि कुरा गरे।

#बिग #बोस #रोहित
Compare →
Hamro Patro News
1d ago
पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको...

#बिग #बोस #स्काउट
Compare →
Ekantipur
1w ago
लगातारको राम्रो प्रदर्शनमा रोहित सन्तुष्ट

लगातारको राम्रो प्रदर्शनमा रोहित सन्तुष्ट

जनकपुर बोल्ट्सलाई १६ रनले हराएपछि लुम्बिनीले सात अंक जोडेको छ र अब एक जितले उसको प्लेअफ स्थान सुनिश्चित हुनेछ।

#रोहित
Compare →
Bizshala
1w ago
बिग मुभिजको नयाँ अवतार, फोर के लेजरदेखि डल्बी एटमससम्म अन्तर्राष्ट्रियस्तरको सुविधा

बिग मुभिजको नयाँ अवतार, फोर के लेजरदेखि डल्बी एटमससम्म अन्तर्राष्ट्रियस्तरको सुविधा

काठमाण्डौ । नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुआत गर्ने बिग मुभिजले आफ्ना सिनेमा हललाई व्यापक रूपमा...

#बिग
Compare →

Related Stories

National (Nepal)
Build #2611