Trending
Prev Story
Next Story

रुकुम पश्चिममा ढुङ्गा प्रहार गरी ६ वर्षीय बालकको ह’त्या

Nagarik News •
October 24, 2026 • 02:17 PM
1
1 reads 0 reactions

बाँफिकोट गाउँपालिका-२ स्वारा बस्ने बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

रुकुम पश्चिममा ढुङ्गा प्रहार गरी ६ वर्षीय बालकको ह’त्या

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा ६ वर्षीय बालकको ढुङ्गा प्रहार गरी हत्या भएको छ। बालकको हत्या अभियोगमा प्रहरीले स्थानीय एक पुरुषलाई पक्राउ गरेको छ।

बाँफिकोट गाउँपालिका-२ स्वारा बस्ने बल बहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँका ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ भक्त बहादुरले ढुङ्गा प्रहार गर्दा बालक रमेश गम्भीर घाइते भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पिपलबाट खटिएको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको थियो।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पुर्‍याइएकोमा उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ २०:०२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
13h ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#बालक #वर्षीय
Compare →
Hamro Patro News
1d ago
दिल्लीमा खुला ढलमा खसेर ४ वर्षीय बालकको मृत्यु

दिल्लीमा खुला ढलमा खसेर ४ वर्षीय बालकको मृत्यु

काठमाडौं : दिल्लीको बापरोला क्षेत्रमा मंगलबार दिउँसो खुला ढल मा खसेका ४ वर्षका बालकको करिब २४ घण्टापछि शव भेटिएको छ। बालकलाई बचाउन एनडीआरएफ र उद्धार टोलीले लगातार अपरेसन चलाएका थिए, तर उनलाई बचाउन ...

#बालक #वर्षीय
Compare →

Related Stories

Health & Wellness
Build #2612