Trending
Prev Story
Next Story

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन

Nagarik News •
October 24, 2026 • 01:49 PM
1
1 reads 0 reactions

महाभियानले विवादित नियुक्ति खारेज गर्न, उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेको छ।

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन

लुम्बिनी विकास कोषमा राजनीतिक पहुँच र भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाभियानले शनिबार विरोध प्रदर्शन गरेको छ। महाभियानले विवादित नियुक्ति खारेज गर्न, उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेको छ।

विरोधसभाका प्रमुख वक्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय महत्वको सम्पदाको नेतृत्वमा नियुक्ति गर्दा योग्यता, नैतिकता, पारदर्शिता र कानुनी अवस्थालाई प्राथमिकता दिनुपर्ने बताए। उनले नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारको स्रोतबारे प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरे। नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा उनले लगाएका आरोप भने स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

महाभियानका संयोजक अकरम खानले नियुक्ति प्रक्रियाले स्थानीय जनताको भावना र लुम्बिनीको महत्वलाई बेवास्ता गरेको आरोप लगाउँदै सम्बन्धित मन्त्रीको राजीनामा माग गरे। सरकारले निर्णय नसच्याए नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी प्रवेशमा रोक लगाउनेसम्मका आन्दोलनका कार्यक्रम अघि बढाउने उनले चेतावनी दिए।

महाभियानका सहसंयोजक मेघनाथ आचार्य, स्थानीय प्रतिनिधि मोहम्मद इस्लाम, कपिलवस्तु तिलौराकोट संघर्ष समितिका अध्यक्ष रामनेवास यादव र प्रवक्ता रामबिकास चौधरीले पनि राजनीतिक भागबन्डा अन्त्य गरी पारदर्शी र कानुनसम्मत प्रक्रियाबाट पदाधिकारी नियुक्त गर्नुपर्नेमा जोड दिए।

महाभियानले नियुक्ति प्रक्रियाको समीक्षा, सरकारबाट स्पष्ट जवाफ र उठेका आरोपको निष्पक्ष छानबिन नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १९:३४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

काठमाडौं। नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन्। भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षी...

#विकास
Compare →
Ekantipur
12h ago
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी
Compare →
Bizshala
13h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612