Trending
Prev Story
Next Story

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा र पाल्पालीको विजयी सुरुवात

Ekantipur •
October 24, 2026 • 01:30 PM
1
1 reads 0 reactions

उद्घाटन खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रन र पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई १६ रनले हराए ।

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा र पाल्पालीको विजयी सुरुवात

उद्घाटन खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रन र पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई १६ रनले हराए ।

पाल्पा — ‘पाल्पा च्याम्पियन्स ट्रफी’ क्रिकेट प्रतियोगिता शनिबारदेखि दमकडा क्रिकेट मैदानमा सुरु भएको छ । जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिता लिगको आधारमा खेलाइएको छ ।

शनिबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रनको विशाल अन्तरले पछि पार्दै करुवा क्रिकेट क्लब तानसेनले विजयी सुरुवात गरेको छ । पहिलो ब्याटिङ गरेको करुवाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५० रन जोडेको थियो । करुवाका लागि मनिष न्यौपानेले १२२ रन जोडे । निरबहादुर सार्कीले ४०, लीला शर्माले २९, दिनेश बुढा र सचिन नेपालले १०/१० रन जोडे । बलिङतर्फ फ्रेन्ड्सका रोशन नेपालले २, रोशन बस्याल र शुभम शाक्यले एक/एक विकेट लिए ।

२ सय ५१ रनको लक्ष्य लिएर मैदान उत्रेको फ्रेन्ड्सले १८ ओभरमा सबै विकेट गुमाएर १३८ रनमै समेटियो । उसका लागि साहिद अलीले ५१, सफल भण्डारीले २६ र कुशल सुनारले १४ रन जोडे । बाँकी खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ निरबहादुर सार्कीले ३, केशव पहराई र विख्यात वीरजंग राणाले २/२ तथा राजन रखाल, दिनेश बुढामगर र लीला शर्माले एक/एक विकेट लिए । प्लेयर अफ द म्याच मनिष न्यौपाने भए ।

शनिबार भएको दोस्रो खेलमा दमकडा क्रिकेट क्लबलाई १६ रनले हराउँदै पाल्पाली क्रिकेट प्लेयर्स विजयी भएको छ । पहिले ब्याटिङ गरेको पाल्पालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो । पाल्पालीका लागि विशाल दर्नालले ३६, रुपेश बस्यालले १७, आशिष लोहनीले १३ र दिपेश पाण्डेयले ११ रन जोडे । बलिङतर्फ दमकडाका भुवन पाण्डेयले २ तथा अच्युत पाण्डेय, सुदीप गैरे र सौगात गौतमले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङका लागि १ सय ७ रनको लक्ष्य लिएर मैदान उत्रेको दमकडा १८.२ ओभरमा सबै विकेट गुमाएर ९० रनमै समेटियो । दमकडाका लागि भुवन पाण्डेयले २०, मोहन भुसालले १६, सागर बस्यालले १४ र आशिष न्यौपानेले १३ रन जोडे । बलिङतर्फ पाल्पालीका रुपेश बस्यालले ४, थानेश्वर भट्टराईले ३, दिपेश पाण्डेयले २ र अमृत अर्यालले एक विकेट लिए । प्लेयर अफ द म्याच रुपेश बस्याल भए ।

प्रतियोगितामा जिल्लाका उत्कृष्ट ६ क्लबको सहभागिता रहेको जिल्ला क्रिकेट संघ, पाल्पाका अध्यक्ष पूर्णराज शाक्यले बताए ।

जिल्लाका करुवा क्रिकेट क्लब, पाल्पाली क्रिकेट प्लेयर्स, दमकडा क्रिकेट क्लब, असेर्दी क्रिकेट क्लब, हुँगी क्रिकेट क्लब, फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लब र न्यू मणिमुकुन्द क्रिकेट क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार र दोस्रो हुनेले ४० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने दमकडा क्रिकेट क्लबका अध्यक्ष छवि भट्टराईले बताए । प्रतियोगिता अवधिभर उत्कृष्ट बलर र ब्याट्सम्यानलाई ५/५ हजार प्रदान गरिनेछ । प्लेयर अफ द सिरिजलाई ७ हजारका साथै उदाउँदो खेलाडीलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
पाल्पाको ढाका कपडाले फेरि पायो बजार

पाल्पाको ढाका कपडाले फेरि पायो बजार

पाल्पा । कुनै समय नेपाली पहिचान र परम्पराको प्रतीक मानिने पाल्पाली ढाका कपडाले तिहारसँगै नयाँ बजार पाउन थालेको छ। तिहारमा दाजुभाइलाई उपहार दिने चलनसँगै ढाकाका टोपी, झोला तथा अन्य सामग्रीको माग बढे...

#पाल्पा
Compare →
Nagarik News
4d ago
बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#पाल्पा
Compare →

Related Stories

Sports
Build #2611