Trending
Prev Story
Next Story

नारायणी किनारमा बढ्न थाल्यो चहलपहल [तस्बिरहरू]

Ekantipur •
October 24, 2026 • 01:30 PM
1
1 reads 0 reactions

बाढीले नारायणगढतर्फको नदी किनार क्षतविक्षत पारे पनि हिजोआज साँझपख घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

नारायणी किनारमा बढ्न थाल्यो चहलपहल [तस्बिरहरू]

बाढीले नारायणगढतर्फको नदी किनार क्षतविक्षत पारे पनि हिजोआज साँझपख घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

चितवन — नारायणगढको नारायणी नदी किनारमा दिन ढल्दै गर्दा चहलपहल बढ्न सुरु हुन्छ । यसपटक असोज ११ मा आएको ठूलो बाढीले नारायणगढतर्फको नदी किनारलाई नराम्ररी क्षतविक्षत पारेको छ । तर पनि घुम्न आउनेको चहलपहल त्यहाँ देखिन्छ । पारि गैंडाकोटतर्फ बालुवा पहिलेको भन्दा धेरै थुप्रिएका कारण त्यतातर्फ बरु आकर्षक किनार तयार भएको छ ।

शनिबार साँझपख घाम डुब्दै गर्दा उत्तरतर्फ हिमाल टल्केको देखिन्थ्यो । गैंडाकोटतर्फको किनारमा यसपटक चहलपहल अत्यधिक छ । नदीमा मोटरबोटहरू कुदिरहेका थिए । घाम डुब्दै गर्दा नारायणगढ पुलमा बसेर फोटो–भिडियो बनाउनेहरू पनि भेटिएका थिए । नगर वनलाई देब्रे पारेर डुबेको घामको दृश्य मनमोहक थियो । साना–ठूला चराहरू पनि गुँडमा फर्कँदै थिए ।

तस्बिरहरू : रमेशकुमार पौडेल/कान्तिपुर

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
16h ago
नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

#किनार #नारायणी
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#बढ्न #थाल्यो
Compare →
Hamro Patro News
1d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बढ्न #थाल्यो
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#चहलपहल
Compare →

Related Stories

Science & Climate
Build #2612