Trending
Prev Story
Next Story

कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा

Nagarik News •
October 24, 2026 • 12:28 PM
1
1 reads 0 reactions

एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल बनाइदिएको छ।

कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा

दुर्गम पर्यटकीय बस्ती याङ्माको कठिन यात्रालाई सहज बनाउन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको ढासापारमा आश्रयस्थल निर्माण गरेको छ।

ओलाङचुङगोला-याङ्मा पदमार्गको झण्डै मध्यभागमा बनेको यस आश्रयस्थलमा पदयात्री तथा बटुवाका लागि सुत्न म्याट र खाना पकाउन भाँडावर्तनसहितका बन्दोबस्तीका सामग्री राखिएको छ।

ओलाङचुङगोलाबाट हिँडेर एकैदिनमा याङ्मा पुग्न नसक्नेहरूले यसलाई सुरक्षित बासस्थानका रूपमा प्रयोग गर्न सक्नेछन्।

फक्ताङलुङ गाउँपालिका वडा नं-७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले आश्रयस्थल र त्यहाँ उपलब्ध सामग्रीको जतनका साथ प्रयोग गरी सुरक्षित राखिदिन पदयात्री तथा बटुवाहरूसँग आग्रह गरेका छन्।

आश्रयस्थललाई दिगो रूपमा सञ्चालन गर्न र यात्रालाई थप सुरक्षित बनाउन उनले सम्बन्धित सबैसँग सहयोगको अनुरोध समेत गरेका छन्।

ओलाङचुङगोलाबाट करिब ३० किलोमिटर उत्तरतर्फ पर्ने याङ्मा जिल्लाकै अत्यन्त दुर्गम बस्ती मानिन्छ। समुद्र सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको यो बस्ती पदमार्गबाहेक यातायात, सञ्चार र विद्युत्जस्ता न्यूनतम आधारभूत सुविधाबाट अझै वञ्चित छ।

साविक ओलाङचुङगोला गाविस वडा नं-९ मा पर्ने यस बस्तीमा सुरुवाती समयमा १७ घरपरिवारको बसोबास रहेकोमा हाल १०-११ परिवार स्थायी रूपमा बस्दै आएका छन्।

प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण याङ्मा पछिल्लो समय पदयात्रीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ।

मनोरम प्राकृतिक छटाले युक्त यस क्षेत्रको आउ-जाउलाई थप व्यवस्थित र सहज बनाउन ढासापारमा आश्रयस्थल निर्माण गरिएको वडाध्यक्ष शेर्पाले बताए।

प्रकाशित: ७ कार्तिक २०८३ १८:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2w ago
उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सतर्क रहन आग्रह

उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सतर्क रहन आग्रह

पर्यटकीय स्थलले सुसज्जित तथा नदी र खोला प्रशस्त रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सम्भावित विपद्का घटनाबाट जोगिन सतर्कता र सावधानीका लागि आग्रह गरेको छ। स्थानीय विपद् व्यवस्थापन समितिका अध्...

#फक्ताङलुङ #हिमाली
Compare →
Bizshala
9h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#कठिन #हिमाली
Compare →

Related Stories

Technology
Build #2611