Trending
Prev Story
Next Story

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

Nagarik News •
November 11, 2026 • 08:48 AM
1
1 reads 0 reactions

वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्।

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

गाजामा परेको भारी वर्षापछि विस्थापित परिवार बसिरहेका टेन्ट र अस्थायी आश्रयस्थलमा पानी भरिएको छ।

वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार नोभेम्बर ६ देखि परेको भारी वर्षा र तीव्र हावाले गाजाका पाँचवटै प्रशासनिक क्षेत्रमा बाढी निम्त्याएको छ। वर्षाले विस्थापनस्थल, अस्थायी आश्रयस्थल, स्वास्थ्य संस्था र अन्य आधारभूत सेवामा असर पारेको छ।

नोभेम्बर ८ सम्म २६ हजारभन्दा बढी परिवारले आफ्नो आश्रयस्थल वा सामानमा क्षति पुगेको भन्दै सहयोग मागेका छन्। प्रारम्भिक विवरणअनुसार ६ हजारभन्दा बढी पारिवारिक आश्रयस्थल पूर्ण रूपमा नष्ट भएका छन् भने १७ हजार ४०० भन्दा बढीमा क्षति पुगेको छ। ३ हजार ९०० भन्दा बढी परिवारसँग अहिले बस्नका लागि आश्रयस्थलसमेत नरहेको ओसीएचएले जनाएको छ।

वर्षाका कारण कम्तीमा ६०० परिवार फेरि विस्थापित भएका छन्। कतिपय स्थानमा पानीको सतह १.५ मिटरसम्म पुगेको बताइएको छ। बाढीले टेन्टभित्र राखिएका ओछ्यान, कपडा, कम्बल र अन्य सामान भिजेका छन्।

वर्षासँगै भएको अर्को घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। ओसीएचएका अनुसार मध्य गाजाको अल बर्का जलाशय नजिक बालुवाको पहाड खसेर टेन्ट पुरिँदा तीन बालबालिका र दुई महिलाको मृत्यु भएको हो। घटनामा एक जना घाइते भएका छन्। त्यस्तै, अर्को विस्थापनस्थलमा एक शिशुको डुबेर मृत्यु भएको खबर आएको छ।

गाजाको नागरिक सुरक्षा निकायले वर्षाका क्रममा सहायता माग्दै २ हजार १६६ वटा फोन आएको जनाएको छ। तर उपकरण र स्रोतसाधनको अभावका कारण सबै स्थानमा तत्काल उद्धार गर्न कठिन भएको छ।

यसैबीच, सहायता संस्थाहरूले प्रभावित परिवारलाई टेन्ट, त्रिपाल, ओछ्यान, कम्बल र जाडोका कपडा वितरण गरिरहेका छन्। विस्थापनस्थलमा पानी निकास गर्ने, नाली सफा गर्ने र बाढीबाट जोगाउन बालुवाका बोरा राख्ने काम पनि भइरहेको छ।

ओसीएचएका अनुसार मानवीय सहायता संस्थाहरूले किनेका १ लाख ५० हजारभन्दा बढी टेन्ट गाजाबाहिर वितरणका लागि तयार अवस्थामा छन्। तर ती सामग्री गाजाभित्र ल्याउन अनुमति र थप आर्थिक सहयोग आवश्यक रहेको कार्यालयले जनाएको छ।

गाजामा अहिले पनि ठूलो संख्यामा मानिस अस्थायी टेन्ट र कमजोर संरचनामा बसिरहेका छन्। उपलब्ध टेन्ट, पानी निकाल्ने पम्प, भारी उपकरण, इन्धन र आवश्यक पार्टपुर्जाको अभावले राहत कार्य प्रभावित भइरहेको छ।

जाडो मौसम सुरु भएसँगै थप वर्षा र चिसोको जोखिम बढ्ने भएकाले गाजामा तत्काल राहत सामग्री भित्र्याउन ओसीएचएले सम्बन्धित पक्षसँग आग्रह गरेको छ। पर्याप्त आश्रयस्थल र आधारभूत सुविधा उपलब्ध नभए विस्थापित परिवारको अवस्था थप कठिन हुन सक्ने कार्यालयले जनाएको छ। एजेन्सी

प्रकाशित: २५ कार्तिक २०८३ १४:३३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा

#आश्रयस्थल #वर्षा #गाजा
Compare →
Hamro Patro News
11h ago
गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु

गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु

काठमाडौं - दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा बिहीबार बिहान इजरायली सेनाले गरेको आक्रमणमा एक चिकित्सकसहित ६ जनाको ज्यान गएको छ। आक्रमणमा परी बिरामी र कुरुवासहित कम्तीमा २७ जना ...

#गाजा
Compare →
Onlinekhabar
1d ago
गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् । अराघचीले एक्समा लेख्दै गाजाको भयावह …

#गाजा
Compare →
Bizshala
3d ago
भाईटीकाको दिन काठमाण्डौमा चट्याङसहित पानी पर्नसक्ने !

भाईटीकाको दिन काठमाण्डौमा चट्याङसहित पानी पर्नसक्ने !

काठमाण्डौ । भाइटीकाको दिन बुधबार दिउँसो काठमाण्डौसहित मध्य र पूर्वी नेपालका केही भागमा पानी पर्ने सम्भावना तीनवटा मौसम...

#वर्षा #पानी
Compare →

Related Stories

World News
Build #2611