काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले जटिल राजनीतिक, आर्थिक र सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ को औपचारिक उद्घाटन गर्दै यस्तो बताएका हुन्।
प्रचण्डले जारी गरेको अपिलमा भनिएको छ, ‘ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ।’ उनले महँगीले जनजीवन कष्टकर बनेको, बेरोजगारी बढेको र युवा पलायनको समस्या गम्भीर बनेको उल्लेख गरे।
Read full story at source ( nepalnews.com )