Trending
Prev Story
Next Story

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

Ekantipur •
November 25, 2026 • 10:02 AM
12
12 reads 0 reactions

दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको सीको भनाइ

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको सीको भनाइ

बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीबीच बुधबार दुई देशका अन्तरिक्ष यात्रीहरूको संयुक्त अन्तरिक्ष उडान अभियानको सफलतालाई लिएर बधाई सन्देश आदानप्रदान भएको छ ।

चिनियाँ अन्तरिक्ष यान ‘सेन्झाउ २४’ मार्फत पाकिस्तानी अन्तरिक्ष यात्री जेशन अली र अन्य दुई चिनियाँ यात्री बुधबार अन्तरिक्षस्थिति चिनियाँ स्टेशनमा प्रवेश गरेका हुन् । चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने अली पहिलो विदेशी अन्तरिक्ष यात्री हुन् । त्यस्तै उनी अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानीसमेत हुन् ।

सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट पाकिस्तान सरकार, पाकिस्तानी जनता तथा दुवै देशका अन्तरिक्ष यात्री र वैज्ञानिकहरूलाई हार्दिक बधाई दिएका हुन् ।

बधाई सन्देशमा राष्ट्रपति सीले चीन र पाकिस्तान ‘सधैंका रणनीतिक साझेदार’ रहेको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षमा दुई देशको मित्रता चट्टानझैं अटल र अटुट रहेको बताएका छन् ।

दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

चिनियाँ अन्तरिक्ष स्टेसन शान्ति, मित्रता र सहकार्यको संवाहक भएकोमा जोड दिँदै सीले बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगको झन्डा फहराउँदै पाकिस्तानलगायत अन्य देशहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्य अझ गहिरो बनाउन चीन इच्छुक रहेको बताए ।

उनले बाह्य अन्तरिक्षको विश्वव्यापी सुशासनमा सुधार गर्दै अन्तरिक्ष अन्वेषणका उपलब्धिबाट सम्पूर्ण मानवजाति लाभान्वित हुनुपर्ने धारणा राखेका छन् ।

यस्तै, पाकिस्तानी राष्ट्रपति जर्दारीले पाक–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा दुई देशबीच ऐतिहासिक अन्तरिक्ष सहकार्य भएको र पाकिस्तानका प्रथम अन्तरिक्ष यात्री चिनियाँ अन्तरिक्ष स्टेसनमा प्रवेश गरेकोमा गर्व व्यक्त गरे ।

उनले पाकिस्तान सरकार र जनताका तर्फबाट चीन सरकार तथा दाजुभाइ सरहका चिनियाँ जनताप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

यस सहकार्यले चिनियाँ अन्तरिक्ष प्रविधिको असाधारण उपलब्धि र बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगप्रति चीनको दृढ अडानलाई प्रस्ट पारेको जर्दारीले उल्लेख गरेका छन् ।

मानवजातिको साझा भविष्य निर्माणको महत्त्वलाई उजागर गरेको यस अभियानले पाक–चीन मित्रतालाई थप सुदृढ बनाउँदै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार...

#अन्तरिक्ष #काँध #जर्दारीबीच
Compare →
Nagarik News
1d ago
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ।

#अन्तरिक्ष #यात्री #पाकिस्तानी
Compare →

Related Stories

World News
Build #2635