Trending
Prev Story
Next Story

चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

Nagarik News •
November 25, 2026 • 03:51 AM
26
26 reads 0 reactions

चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको छ।

चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको छ।

स्थानीय समयअनुसार बुधबार बिहान ८ः१८ बजे लङ मार्च-२एफ वाई२४ रकेटमार्फत उत्तरपश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षयान उडाइएको हो।

प्रक्षेपण भएको करिब १० मिनेटपछि अन्तरिक्षयान रकेटबाट अलग भएर निर्धारित कक्षमा प्रवेश गरेको चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ। एजेन्सीका अनुसार तीनै अन्तरिक्ष यात्रीको अवस्था सामान्य छ।

यस मिसनमा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो, उडान इन्जिनियर वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मोहम्मद जीशान अली सहभागी छन्। अली चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बनेका छन्। मिसनको नेतृत्व ताङले गरेका छन्। उनी यसअघि दुई पटक चीनको अन्तरिक्ष स्टेसन पुगिसकेका छन् भने वु पहिलोपटक अन्तरिक्ष यात्रामा निस्किएका हुन्।

अन्तरिक्षयानले कक्षमा प्रवेश गरेपछि साढे तीन घण्टाभित्र चीनको तियान्हे कोर मोड्युलमा जोडिने तालिका छ। त्यसपछि अन्तरिक्ष स्टेसनमा तीन अन्तरिक्षयान र तीन मोड्युलको संयोजन बन्नेछ।

मिसनका क्रममा अन्तरिक्ष यात्रीले अन्तरिक्ष जीव विज्ञान, मानव अनुसन्धान, सूक्ष्म गुरुत्वाकर्षण भौतिकी र नयाँ अन्तरिक्ष प्रविधिसम्बन्धी विभिन्न वैज्ञानिक प्रयोग गर्नेछन्। तीमध्ये केही प्रयोग अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा सञ्चालन हुनेछन्।

पाकिस्तानी अन्तरिक्ष यात्री अलीले चीनमा सात महिनासम्म तालिम लिएका थिए। उनले चिनियाँ भाषामा आफ्ना सहकर्मीसँग कुराकानी गर्न सक्ने गरी तयारी गरेको बताएका छन्। उनले आफू २५ करोड पाकिस्तानीको आशा बोकेर अन्तरिक्ष यात्रामा निस्किएको बताए।

मिसन कमान्डर ताङले यसपटक चीनको अन्तरिक्ष स्टेसनमा अन्तर्राष्ट्रिय सहकर्मीलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाए। उनका अनुसार अन्तरिक्षयान सञ्चालन, आपत्कालीन अवस्थाको सामना र वैज्ञानिक प्रयोगका विषयमा चालक दलले विशेष तालिम लिएको थियो।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत यो ४१औँ उडान मिसन हो। त्यस्तै, चीनको अन्तरिक्ष स्टेसनको प्रयोग तथा विकास कार्यक्रम सुरु भएयता यो आठौँ मानवयुक्त प्रक्षेपण हो। यसले लङ मार्च रकेट शृङ्खलाको ६८०औँ उडान र शेन्झाउ अन्तरिक्षयानको २४औँ उडानसमेत पूरा गरेको छ।

चीनले यसअघि नै लङ मार्च-२एफ वाई२५ रकेटलाई आपत्कालीन उद्धारका लागि तयारी अवस्थामा राखेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: ९ मंसिर २०८३ ०९:३६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
15h ago
पहिलोपटक पाकिस्तानी यात्रीसहित चीनद्वारा अन्तरिक्षयान प्रक्षेपण

पहिलोपटक पाकिस्तानी यात्रीसहित चीनद्वारा अन्तरिक्षयान प्रक्षेपण

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

#अन्तरिक्ष #चीन #यात्री
Compare →
Hamro Patro News
1d ago
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय...

#अन्तरिक्ष #चीन #यात्री
Compare →
Bizshala
2d ago
चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल

चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल

काठमाण्डौ । चीनले पखेटाबिनै आकाशमा उड्न सक्ने कारको सफल परीक्षण गरेको छ। व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ...

#चीन
Compare →
Onlinekhabar
5d ago
नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन

८ मंसिर, काठमाडौं । चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका …

#चीन
Compare →

Related Stories

World News
Build #2635