Trending
Prev Story
Next Story

दसैंको सिजनमै व्यापार सुस्त, धनगढीका व्यवसायीलाई लगानी डुब्ने चिन्ता

Ekantipur •
October 14, 2026 • 12:54 PM
2
2 reads 0 reactions

महँगी, आर्थिक मन्दी र बदलिँदो किनमेल शैलीका कारण कपडा, जुत्ता, फर्निचर तथा सुनचाँदी व्यवसायीले अपेक्षित बिक्री गर्न सकेका छैनन्।

दसैंको सिजनमै व्यापार सुस्त, धनगढीका व्यवसायीलाई लगानी डुब्ने चिन्ता

महँगी, आर्थिक मन्दी र बदलिँदो किनमेल शैलीका कारण कपडा, जुत्ता, फर्निचर तथा सुनचाँदी व्यवसायीले अपेक्षित बिक्री गर्न सकेका छैनन्।

कैलाली — बिगतमा दसैं नजिकिँदा बजारमा चहलपहल बढ्ने गर्थ्यो । बजारमा नयाँ कपडा, जुत्ता, गरगहना र घरायसी सामान किन्ने ग्राहकको भीड हुन्थ्यो । तर, यसपालि धनगढी बजारमा दसैंको रौनक निकै कम देखिएको छ । पसलमा सामान पहिला जस्तै सजिएका छन् । व्यापारी ग्राहक कुरिरहेका छन् ।

तर, व्यापारीको अपेक्षा अनुसार ग्राहक छैनन् । साझपख आउने थोरै  ग्राहक पनि सामान हेरेर फर्किने क्रम बढ्दा व्यापारीलाई लगानी डुब्ने चिन्ता छ । दसैंलाई लक्षित गरेर लाखौंको सामान थपेका व्यापारीले यसपालि सोचेअनुसार व्यापार हुन नसकेको बताउँछन् ।

धनगढी एलएन चोकमा चार वर्षदेखि कपडा व्यापार गरिरहेकी रिता कुमारी ठगुन्नाले दसैंका लागि झन्डै २० लाख रुपैयाँको सामान राखेकी छन् । तर, ग्राहकको चहलपहल र बिक्री सोचेअनुसार हुन नसकेको उनले बताइन् । ‘पहिला जस्तो दसैंको भाइव्स नै छैन ।  बजारमा सपिङ गर्नेको संख्या पनि घटेको छ । दिनभरीमा सय जना ग्रहाक आए ७०/८० त हेरेर मात्रै फकिन्छन्,’ रिता भन्छिन् ।

कपडा व्यापारीमात्रै होइन बजारका प्रायः व्यवसायी कारोबार न्यून भइरहेको बताउँछन् । धनगढीमा जुत्ता–चप्पलको व्यापार गर्दै आएका भविष्य बस्यालले पनि दसैंका लागि झन्डै १० लाख रुपैयाँको सामान थपे पनि व्यापारमा सुधार आउने संकेत नदेखिएको बताए । ‘कतिपय ग्राहकले सामान मन पराए पनि मूल्य सुनेर किन्न अप्ठ्यारो मान्छन् । आर्थिक मन्दीका कारण व्यापार गरेर जीविका चलाउन सक्ने अवस्था छैन,’ बस्याल भन्छन् । उनका अनुसार ग्राहकले सस्तो सामान खोजिरहेका हुन्छन् ।

अर्का व्यापारी चेतराज फुलारा त उपभोक्तासँग खर्च गर्ने पैसा नै नभएको बताउँछन् । धनगढीमा १४ वर्षदेखि फर्निचर व्यवसाय गर्दै आएका फुलाराले उपभोक्ताको प्राथमिकता फेरिएको अनुभव गरेका छन् । उनका अनुसार पहिले ३०–४० हजार पलङ किन्ने ग्राहक अहिले चार–पाँच हजार रुपैयाँको साधारण खाट रोज्न थालेका छन् ।

दसैंका लागि झण्डै ३० लाखको सामान राखेका उनले चालु आर्थिक वर्षको सुरुदेखि दसैंको मुखसम्म तीन वटा बिल मात्रै काटेको बताए । ‘बैंकमा पैसा थुप्रिएको छ ।  बजारमा पैसा नै छैन । कसरी चलायमान हुन्छ बजार ?,’ फुलारा भन्छन्, ‘महंगीले ग्राहकसँग चाहेको सामान किन्न सक्ने क्षमता छैन ।’

कोरोनाकालअघि वर्षमा करोडौंको व्यापार गर्ने उनले अचेल सटर भाडा तिर्न समेत मुस्किल परेको बताए । पहिले मासिक ६५ हजार रुपैयाँ घरभाडा तिर्ने गरेका फुलारा अहिले व्यवसाय खुम्च्याएर २० हजार रुपैयाँ भाडाको एउटा कोठामा सीमित गरेका छन् ।

यता सुनचाँदी व्यवसायी पनि उस्तै गुनासो गर्छन् । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आकासिएपछि सबैभन्दा धेरै मार आफूहरुको व्यवसायमा परेको यसमा संलग्नहरु बताउँछन् । धनगढीको एलेनचोकस्थित भैरव भगवती सुनचाँदी पसलका सञ्चालक सुरेश सुनार सिजनमै पनि व्यापारमा सुधार हुन नसकेको बताउँछन् । ‘पहिले दसैंमा गहना बनाउन भ्याइनभ्याइ हुन्थ्यो, अहिले त कुरेर बस्नु परेको छ,’ उनले भने ।

व्यापारीहरुका अनुसार बढ्दो मूल्य, आर्थिक मन्दी र उपभोक्ताको बदलिँदो किनमेल शैलीले बजार प्रभावित भएको छ । अर्कोतिर उपभोक्ता पनि बढ्दो मूल्यका कारण खर्च गर्न हिचकिचाइरहेका देखिन्छन् । बजारका ठूला पसल भन्दा सेल र सस्ता सडक किनारमा राखिएका पसलमा ग्रहाक बढी देखिन्छन् ।

पछिल्लो समय ग्राहकको किनमेल शैली पनि बदलिएको व्यापारीहरु बताउँछन् । टिकटक, फेसबुक र इन्स्टामा देखिएका कपडा खोज्दै ग्राहक पसल पुग्ने पुग्छन् । मोबाइलमा फोटो, भिडियो र स्क्रिनसट देखाएर आफूले खोजेको सामान माग्ने ग्राहक बढेको कपडा व्यापारी रिता कुमारी बताउँछिन् ।

‘स्क्रिनसट देखाएर यस्तै डिजाइनको कपडा दिन भन्छन् । सोसल मिडियामा ट्रेण्डिङ सबै ड्रेस हामीसँग हुँदैन,’ उनले भनिन्, ‘ग्राहक अर्को सामान रोज्नुभन्दा फर्केर जान्छन् ।’ यसले पसलमा ग्राहक आए पनि बिक्री नहुने गरेको उनको भनाइ छ ।

व्यापारीहरुका अनुसार ग्राहक बजार भन्दा अनलाइनबाटै सपिङ गर्नेदर बढिरहेको छ । अझ घरमै बसेर अनलाइनमार्फत सामान बेच्ने व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्दा भाडा तिरेर पसल चलाउने व्यवसायीलाई कठिन भएको जुत्ताचप्पल व्यवसायी बस्याल बताउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ #सुस्त
Compare →
Hamro Patro News
1d ago
भिमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

भिमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आज शोक वक्तव्य जारी ग...

#व्यवसायी
Compare →
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#व्यवसायी
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →
Onlinekhabar
20h ago
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#व्यवसायी
Compare →

Related Stories

Business & Economy
Build #2612