Trending
Prev Story
Next Story

१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions

९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात्तिक …

१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात्तिक २४ गतेदेखि बिदा भएपछि १५ दिनयता प्रदेश प्रमुखविहीन बनेको हो । संघीय सरकारले अझै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन । कसैलाई कार्यवाहक पनि दिएको छैन ।

प्रदेश प्रमुख नहुँदा प्रदेश सरकार र सत्तारुढ दल नेकपा एमाले दुवैलाई सकस परेको छ । प्रदेशसभाको अधिवेशन चालु नभएको अवस्थामा वर्तमान प्रदेश सरकार तत्काल कामकाजका लागि केही अध्यादेश ल्याउने तयारीमा छ । अर्कोतर्फ, एमालेको संस्थापन पक्ष पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने कसरतमा छ ।

सरकारले ल्याउने अध्यादेश जारी गर्नेदेखि मुख्यमन्त्री फेरबदल र शपथ ग्रहण गराउनेसम्मका संवैधानिक प्रक्रिया प्रदेश प्रमुखबाटै सम्पादन हुने भएकाले दुवै पक्ष अन्योलमा परेका हुन् ।

एमाले काेशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा प्रदेश प्रमुख नहुँदा प्रदेशमा काम गर्न कठिनाइ भइरहेको बताउँछन् ।

‘प्रदेश प्रमुख नहुँदा काम गर्न कठिनाइहरू छन्,’ उनले भने, ‘सरकारको नेतृत्व परिवर्तनको विषयमा पार्टीले एउटा निर्णय गर्छ, तर यहाँ प्रदेश प्रमुख नहुँदा अन्योल चाहिँ छ ।’

सत्तारुढ दल एमालेकै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी पनि संवैधानिक पद रिक्त हुँदा प्रदेश सरकारको कामकारबाही प्रभावित भएको बताउँछन् ।

‘सदन नभएको अवस्थामा तत्काल काम गर्नका लागि सरकारले केही अध्यादेश ल्याउन खोजेको छ, तर प्रदेश प्रमुख रिक्त हुँदा कठिनाइ छ,’ भण्डारीले भने, ‘प्रदेश प्रमुख एक दिन पनि रिक्त राख्न नमिल्ने संवैधानिक पद हो ।’

कोशी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति वा अर्को प्रदेशका प्रमुखलाई कार्यवाहक जिम्मेवारी तोक्ने विषयमा राष्ट्रपति कार्यालयमा अहिलेसम्म कुनै औपचारिक प्रक्रिया अघि बढेको छैन । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नयाँ प्रदेश प्रमुख तोक्ने वा कार्यवाहक जिम्मेवारी दिने विषयमा मन्त्रिपरिषद्को सिफारिससहितको कुनै पनि पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छैन ।

प्रदेश प्रमुखको कार्यालय विराटनगरकी अधिकृत निशा भट्टराईले पद रिक्त रहेको जानकारी संघीय सरकारमा पुगिसकेको बताइन् । तर, नयाँ नियुक्ति वा कार्यवाहक तोकिएको विषयमा केन्द्रबाट कुनै जानकारी नआएको उनको भनाइ छ । उनका अनुसार तत्काल सरकारबाट प्रमाणीकरणका लागि कार्यालयमा फाइल पुगेकाे छैन ।

‘प्रदेश प्रमुख रिक्त रहेको स्वतः जानकारी भएका कारणले होला, प्रदेश सरकार वा अन्य निकायबाट प्रमाणीकरणका लागि कुनै फाइल कार्यालयमा आएको छैन,’ उनले भनिन् ।

खापुङ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुने व्यवस्था छ । सोहीअनुसार गत कात्तिक २४ गते उनको कार्यकाल पूरा भएको हो । खापुङ प्रदेश प्रमुखको पाँच वर्षे पूरा कार्यकाल बिताउने पहिलो व्यक्ति समेत हुन् ।

नेपालको संविधानले प्रदेश प्रमुखको पद रिक्त भएमा संवैधानिक कामकाज नरोकियोस् भनी वैकल्पिक व्यवस्था गरेको छ । संविधानको धारा १६५ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखको पद रिक्त हुन्छ । पद रिक्त भएको अवस्थामा धारा १६५ कै उपधारा (२) अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने प्रावधान छ । तर, एउटा प्रदेशको प्रमुखले स्वतः अर्को प्रदेशको जिम्मेवारी पाउने कानुनी व्यवस्था छैन । यसका लागि संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट निर्णय हुनुपर्छ ।

प्रदेश प्रमुखको अनुपस्थितिले प्रदेश सरकारको दैनिक प्रशासनिक कामकाज नरोकिए पनि महत्वपूर्ण संवैधानिक प्रक्रियाहरू अवरुद्ध भएका छन् । प्रदेश प्रमुख प्रदेशमा संघीय सरकारको प्रतिनिधि र प्रदेशको संवैधानिक अभिभावक हुन् ।

संविधानको धारा १६६ बमोजिम प्रदेश प्रमुखको अधिकार क्षेत्रभित्र पर्ने मुख्यमन्त्री तथा मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण, प्रदेशसभाको अधिवेशन आह्वान तथा अन्त्य, अध्यादेश जारी गर्ने र प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण गर्ने लगायतका संवैधानिक कार्य अहिले ठप्प छन् ।

यसैबीच, नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशले केन्द्रमा तीन जनाको नाम सिफारिस गरेको चर्चा चलेको थियो ।

पार्टीले जनजाति समुदायबाट प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको हल्ला बाहिरिए पनि रास्वपा कोशी प्रदेश अध्यक्ष चन्द्र राईले भने त्यसको खण्डन गरेका छन् ।

‘बाहिर हल्लाहरू आएका छन्, तर त्यो सत्य होइन,’ राईले भने, ‘प्रदेश प्रमुखको विषयमा व्यक्तिगत रूपमा चासो हुनु स्वाभाविक हो, तर पार्टीले कसैको नाम सिफारिस गरेर पठाएको छैन ।’

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात...

#खापुङ #कात्तिक #कोशी
Compare →
Ekantipur
22h ago
दुई सातादेखि कोशी प्रदेश प्रमुखविहीन, कहिले हुन्छ नयाँ नियुक्ति ?

दुई सातादेखि कोशी प्रदेश प्रमुखविहीन, कहिले हुन्छ नयाँ नियुक्ति ?

प्रदेश प्रमुख पर्शुराम खापुङ २३ कात्तिकमा ५ वर्षे कार्यकाल पूरा गरेर पदबाट बिदा भएका हुन् । उनको कार्यकाल सकिएपछि नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छैन ।

#खापुङ #कोशी #प्रमुखविहीन
Compare →
Nagarik News
2d ago
कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

कोशी प्रदेश सरकारका यातायात कार्यालयको प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ।

#कोशी
Compare →
Bizshala
3d ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#कोशी
Compare →

Related Stories

National (Nepal)
Build #2625