Trending
Prev Story
Next Story

अमेरिकी अदालतमा चिनियाँ कम्पनी हुवावे दोषी ठहर,  १२ मध्ये १० अभियोग पुष्टि

Bizshala •
November 25, 2026 • 05:35 AM
13
13 reads 0 reactions

काठमाडौं । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावे अमेरिकामा चलेको बहुचर्चित आपराधिक मुद्दामा दोषी ठहर भएको छ।...

अमेरिकी अदालतमा चिनियाँ कम्पनी हुवावे दोषी ठहर,  १२ मध्ये १० अभियोग पुष्टि

काठमाडौं । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावे अमेरिकामा चलेको बहुचर्चित आपराधिक मुद्दामा दोषी ठहर भएको छ। अमेरिकाको न्युयोर्कस्थित अदालतको निर्णायक मण्डलले  इरानमा आफ्नो व्यावसायिक गतिविधिबारे बैंकहरूलाई झुक्याएको र अमेरिकी कम्पनीका व्यापारिक गोप्य सूचना चोरी गरेको अभियोगमा हुवावेलाई दोषी ठहर गरेको हो।

सन् २०१८ मा सुरु भएको यस मुद्दामा अमेरिकी सरकारले सन् २०१९ मा हुवावेलाई व्यापारिक प्रतिबन्ध सूचीमा राखेको थियो। अमेरिकी प्रविधिमा कम्पनीको पहुँच सीमित गर्ने उक्त निर्णय हुवावेबाट राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने अमेरिकी चिन्ताका आधारमा गरिएको थियो।

ब्रुकलिनस्थित संघीय अदालतको निर्णायक मण्डलले हुवावेविरुद्ध लगाइएका १२ मध्ये १० वटा आपराधिक अभियोगमा दोषी ठहर गरेको छ। तीमध्ये बैंकिङ ठगी, विद्युतीय माध्यमबाट ठगी, प्रतिबन्ध उल्लङ्घन र व्यापारिक गोप्य सूचना चोरी गर्ने षड्यन्त्रसम्बन्धी अभियोग छन्। न्यायमा अवरोध पुर्‍याउने षड्यन्त्र र आपराधिक गिरोहका रूपमा काम गरेको आरोपमा भने कम्पनीले सफाइ पाएको छ।

दुई महिनाभन्दा लामो समय चलेको सुनुवाइमा सरकारी पक्षले ६० भन्दा बढी साक्षी प्रस्तुत गरेको थियो भने प्रतिरक्षा पक्षले १५ जना साक्षी बोलाएको थियो। हुवावेलाई के–कस्तो सजाय हुनेछ भन्नेबारे तत्काल स्पष्ट भएको छैन। अमेरिकी जिल्ला न्यायाधीश एन डोनेलीले सन् २०२७ सेप्टेम्बर १४ मा सजाय निर्धारण गर्ने कार्यक्रम छ।

यता हुवावेका कानुन व्यवसायी ब्रायन हेबरलिगले दोषी ठहर गर्ने निर्णयप्रति कम्पनी निराश रहेको बताए। यद्यपि, आपराधिक गिरोहका रूपमा काम गरेको अभियोगमा सफाइ पाउनुले कम्पनीको इमानदार र जिम्मेवार अनुपालन संस्कृतिलाई पुष्टि गरेको उनको दाबी छ। उनले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी रहेको पनि बताए।

अमेरिकी महान्यायाधिवक्ता जोसेफ नोचेलाले हुवावेमाथि दशकौँदेखि अमेरिकी राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको, अमेरिकी व्यापारिक प्रणालीको मर्यादा उल्लङ्घन गरेको र कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको आरोप लगाएका छन्। यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले मुस्लिम अल्पसङ्ख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको अभियोगमा म्यानमारलाई दोषी ठहर गरेको छ । आईसीजेले बिहीबार म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि गरेको सैन्य दमनसम्बन्धी मुद्दामा फैसला सुनाएको हो । सन् २०१७ मा भएको …

#ठहर #दोषी
Compare →
Hamro Patro News
1h ago
चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदान...

#अमेरिकी
Compare →
Ekantipur
10h ago
‘सेन्झाउ–२४’ चिनियाँ अन्तरिक्ष यानको सफल प्रक्षेपण

‘सेन्झाउ–२४’ चिनियाँ अन्तरिक्ष यानको सफल प्रक्षेपण

पाकिस्तानका अली बने चिनियाँ स्टेसनमा पुग्ने पहिलो विदेशी

#चिनियाँ
Compare →
Nagarik News
12h ago
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानले हर्मुज जलमार्गमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ।

#अमेरिकी
Compare →

Related Stories

National (Nepal)
Build #2635