Trending
Prev Story
Next Story

आईएमई लाइफको साढे ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

Arthasansar •
November 25, 2026 • 05:06 AM
11
11 reads 0 reactions

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त सेयर लिलाम...

आईएमई लाइफको साढे ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यसका लागि मंसिर १० गतेदेखि बोलपत्र आवेदन खुला हुनेछ भने मंसिर १८ गते कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ । उक्त सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ । तर सेयरको बजार मूल्यको ५० प्रतिशत र २२५ रुपैयाँमध्ये जुन कम हुन्छ सोही मूल्य वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ । बजार मूल्य भन्नाले कारोबार भएको दिनको भारित औसत कारोबार मूल्यलाई बुझिने र उक्त दिन कारोबार नभएको अवस्थामा त्यसअघिल्लो कारोबार दिनको भारित औसत मूल्यलाई आधार मानिने कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने बिक्रीमा राखिएको सम्पूर्ण ६२ हजार ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिँदा १० ले भाग जाने कित्तामा मात्र आवेदन दिनुपर्नेछ । दशमलवमा आउने वा खण्डित कित्ताका लागि आवेदन दिन पाइने छैन ।

सेयर खरिदका लागि आवश्यक शिलबन्दी बोलपत्र आवेदन फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा उपलब्ध हुनेछ । भरिएको बोलपत्र पनि सोही स्थानमा मंसिर १८ गते कार्यालय समयभित्र पुग्ने गरी बुझाउनुपर्नेछ । यस सेयरको बिक्री तथा लिलाम प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै

मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।कम्पनीका संस्थापक...

#बिक्री #संस्थापक #कित्ता
Compare →
Hamro Patro News
7h ago
नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्कको हिसाब हराएको विवाद सार्वजनिक भएको छ, जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि खुलासा भएको हो। • प्रभु समूहसम्बद्ध कम्पनी…

#लाइफ
Compare →
Nagarik News
11h ago
चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो।

#बिक्री
Compare →
Ekantipur
19h ago
९ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

९ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४८.९६मा, युरो रु १६२.८२मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #कति
Compare →
Onlinekhabar
5d ago
क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै

क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै

८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफूले आयोजना गर्ने प्रतियोगिताको टिकट बिक्री तथा व्यवस्थापनको विशेष अधिकार दुई वर्षका लागि बिक्री गर्ने भएको छ। क्यानले मंगलबार सार्वजनिक सूचना जारी …

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2635