Trending
Prev Story
Next Story

सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

Arthasansar •
November 25, 2026 • 05:06 AM
11
11 reads 0 reactions

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा...

सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले २ लाख ११ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरिसकेको छ भने १ लाख २६ हजार ७५० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखेको छ ।

कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा मंसिर २३ गते हुनेछ भने ढिलोमा पुस ३ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
16h ago
हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले...

#हिम #मंसिर #आईपीओ
Compare →
Ekantipur
15h ago
मंसिर १८ देखि हिम पर्वत हाइड्रोको आईपीओ, सेयर हाल्नु अघि हेरौं कम्पनीको अवस्था ?

मंसिर १८ देखि हिम पर्वत हाइड्रोको आईपीओ, सेयर हाल्नु अघि हेरौं कम्पनीको अवस्था ?

साँगु खोला १ जलविद्युत र साँगु खोला जलविद्युतबाट २०८२ देखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ ।

#मंसिर #आईपीओ #हिम
Compare →
Hamro Patro News
12h ago
कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ भोलिदेखि आईपीओ जारी गर्दै

कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ भोलिदेखि आईपीओ जारी गर्दै

काठमाडौं- कान्तिपुर फर्मास्युटिकल्सले कम्पनीले भोलि मंसिर १० गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर निष्काशन गर्न लागेको हो...

#निष्काशन #आईपीओ
Compare →

Related Stories

Politics & Governance
Build #2635