Trending
Prev Story
Next Story

बुद्धभूमि डाबरा कप फुटबल उपाधि वाणगंगा–३ लाई

Ekantipur •
October 11, 2026 • 06:14 PM
2
2 reads 0 reactions

विजेता वाणगंगा–३ ले एक लाख एक हजार एक सय एघार रुपैयाँ र उपविजेता लव नेपालले ५१ हजार एक सय एघार रुपैयाँ पाएको छ।

बुद्धभूमि डाबरा कप फुटबल उपाधि वाणगंगा–३ लाई

विजेता वाणगंगा–३ ले एक लाख एक हजार एक सय एघार रुपैयाँ र उपविजेता लव नेपालले ५१ हजार एक सय एघार रुपैयाँ पाएको छ।

कपिलवस्तु — चौथो बुद्धभूमि डाबरा कपको उपाधि वाणगंगा नगरपालिका–३ ले जितेको छ । ग्लोबल डेरी प्रालिद्वारा प्रायोजित प्रतियोगितामा वाणगंगा–३ टिमले वाणगंगाकै लव नेपाल क्लब पिपरालाई सडन डेथमा पराजित गरेको हो ।

वडा ३ टिमले लव नेपाललाई ५ गोलका विरुद्ध ६ गोलप्रहार गरेर विजयी भएको हो । निर्धारित ९० मिनेटको खेलमा एक/एक गोलको बराबरीमा रहेको दुबै टोली पेनाल्टी सुटआउटमा पनि बराबरी भएको थियो । सडन डेथमा गएर वडा ३ टिम विजयी भएको हो।

विजयी टोलीलाई समापन समारोहका प्रमुख अतिथि ग्लोबल डेरी प्रालिका अध्यक्ष तथा नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले एक लाख एक हजार एक सय एघार रुपैयाँ नगद प्रदान गरेका थिए । त्यस्तै उपविजेता लव नेपाल क्लब पिपराले ५१ हजार एक सय एघार रुपैयाँ पाएको छ ।

प्रतियोगिता फाइनल खेलका म्यान अफ द म्याच वाणगंगा–३ टिमका गोलकिपर निशान राना भएका थिए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी लव नेपाल क्लबका अनुज गैरे, उत्कृष्ट डिफेन्डर वाणगंगा–३ टिमका सुमित मल्ल र बेष्ट स्कोरर (बढी गोल गर्ने) वडा ३ टिमका सन्जु सेन भए ।

खुला नक आउट प्रतियोगितामा कपिलवस्तुका वाणगंगा, शिवराज र बुद्धभूमि नगरपालिका, शुद्धोधन गाउँपालिका, रुपन्देहीको सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका १६ टोली सहभागी रहेका थिए । डाबरा युवा क्लबद्वारा आयोजित प्रतियोगितामा असोज १३ देखि २५ गतेसम्म भएको थियो । गाउँघरमा लुकेर रहेका प्रतिभा उजागर गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सहयोगी बन्ने उद्देश्यले प्रतियोगिता गरिएको क्लब अध्यक्ष कमल काफ्लेले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई शुक्रबार सम्पन्न खेलमा इन्द्रेणीपोखरीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । कार्तिक २०, २०८३ डम्बरसिं राई खोटाङ — इन्द्रेणीपोखरी फुट...

#फुटबल #उपाधि
Compare →
Nagarik News
1w ago
सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।

#फुटबल #उपाधि
Compare →

Related Stories

National (Nepal)
Build #2612