निर्दयीरुपमा ब्याटिङ गरेका १५ वर्षे भारतीय ब्याटरले बनाए लिस्ट ‘ए’ मान्यता खेलमा सबैभन्दा कम बलमा दोहोरो शतकको कीर्तिमान
दोहा (क्रिकइन्फो) — वैभव सूर्यवंशीले कीर्तिमान युक्त २८ छक्का प्रहार गर्दै लिस्ट ‘ए’ मान्यता खेलमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाएका छन् । उनले कतारमा भइरहेको एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा मंगलबार यूएईविरुद्ध ५३ बलमै २ सय ४ रन बनाए ।
१५ वर्षे सूर्यवंशीको प्रयासमा भारतले २ सय ५० रनको लक्ष्य केवल १४.२ ओभरमा पुरा गरेको थियो । सूर्यवंशीको नाममा यसअघि नै सबैभन्दा कम बलमा लिस्ट ‘ए’ मा अर्धशतक बनाएको कीर्तिमान रहेको थियो । दोहामा उनले यूएईविरुद्ध २८ बलमा शतक, ४० बलमा १ सय ५० र ५२ बलमा २ सय रनको थप कीर्तिमानहरु पनि बनाए ।
भारतलाई जितका लागि ५ रन आवश्यक भएको समयमा उनी अर्को छक्का प्रहार गर्ने चक्करमा लङ अफमा क्याच दिन पुगेका थिए । खेलमा उनीविरुद्ध बलिङ गर्नु असम्भव झै बनेको थियो । उनले कुनै गलत शट पनि खेलेनन् । शर्ट बलमा उनले शक्तिशाली पुलहरु प्रहार गरेका थिए । उनले टाइमिङमा प्रहार गर्न नसकेको शटहरु पनि छक्का हुन पुगेको थियो ।
यूएईका विकेटकिपर अफ्ताब आलमले सूर्यवंशीलाई ७६ रनमा हुँदा स्टम्प गर्ने मौका गुमाउन पुगेका थिए । त्यसका अर्को बलमा उनले छक्का प्रहार गरेपछि भारतले पहिलो १ सय रन ५ ओभर भित्र पुरा गरेको थियो । भारतले बनाएको २ सय ४५ रनमध्ये सूर्यवंशी एक्लैले २ सय ४ रन प्रहार गरेका थिए । उनी १३ औं ओभरमा आउट भएका थिए ।
डार्सी शटले २०१८ मा वेस्टर्न अस्ट्रेलियाबाट खेल्दै क्विन्सल्यान्डविरुद्ध २३ छक्का प्रहार गरेका थिए । सूर्यवंशीले त्यसलाई उछिन्दै यूएईविरुद्ध २८ छक्का प्रहार गरेका हुन् । त्यस बाहेक उनले खेलमा ७ चौका पनि प्रहार गरे । अर्थात सूर्यवंशीले १ सय ९६ रन बाउन्ड्रीबाटै प्रहार गरेका थिए ।
उनको इनिङ्स यति असाधारण थियो की, सूर्यवंशीले केवल २ छक्का प्रहार गरेका थिए । उनले जाहिद अलीको बलमा लगातार ३ छक्का प्रहार गरेपछि भारतले तेस्रो ओभरमै ५० रन पुरा गरेको थियो । सूर्यवंशीले १६ बलमा अर्धशतक पुरा गरेका थिए । सूर्यवंशीले निर्दयी ब्याटिङ गरेपछि यूएईका बलर इबरार अहमदले ३ ओभरमा ७१ रन खर्चन पुगेका थिए ।