Trending
Prev Story
Next Story

वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा यूएईमाथि भारतको सहज जित

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
20
20 reads 0 reactions 4 comments

८ मंसिर, काठमाडौं । वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा भारत ए ले एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ मा यूएईलाई सहजै पराजित गरेको छ। सूर्यवंशीले ५३ बलमा २०४ रन बनाउँदै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो …

वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा यूएईमाथि भारतको सहज जित

८ मंसिर, काठमाडौं । वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा भारत ए ले एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ मा यूएईलाई सहजै पराजित गरेको छ।

सूर्यवंशीले ५३ बलमा २०४ रन बनाउँदै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक र सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन्।

दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको २५० रनको लक्ष्य भारतले १५ ओभरभित्रै ३ विकेट मात्र गुमाएर पूरा गर्‍यो । जसमध्ये २०४ रन वैभव एक्लैले बनाए ।

सूर्यवंशीले आक्रामक ब्याटिङ गरेका थिए। उनले २८ बलमै शतक पूरा गर्दै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए। यसअघि अस्ट्रेलियाका जेक फ्रेजर म्याकगर्कले २९ बलमा शतक बनाएका थिए।

सूर्यवंशीले अर्को १०० रन बनाउन थप २४ बल मात्र लगाए । उनले ७ चौका र २८ छक्का प्रहार गरे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रन बनाएको थियो। उसका लागि हरप्रित सिंह भाटियाले १४४ बलमा १३० रन बनाए। उनले १२ चौका र चार छक्का प्रहार गरे।

यूएईले सुरुवाती ६ ओभरभित्रै दुई विकेट गुमाएको थियो। त्यसपछि भाटियाले मुहम्मद शाहदादसँग तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। शाहदादले ४६ बलमा २८ रन बनाए।

भाटियाले इथान डिसुजासँग चौथो विकेटका लागि ६० रन थपे। डिसुजाले ३७ बलमा २५ रन बनाए। त्यसपछि लगातार विकेट गुमाए पनि भाटियाले इनिङ्स सम्हाल्दै १२० बलमा आफ्नो सातौँ लिस्ट ए शतक पूरा गरेका थिए।

भारत ए ले यसअघि नेपाललाई ३०६ रनले पराजित गरेको थियो भने पाकिस्तानसँग ४९ रनले पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतक: ५२ बलमै २८ छक्कासहित २०४ रन

वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतक: ५२ बलमै २८ छक्कासहित २०४ रन

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको खेलमा भारत ‘ए’ का वैभव सूर्यवंशीले विस्फोटक दोहोरो शतक प्रहार गरेका छन्।

#सूर्यवंशी #वैभव #दोहोरो
Compare →
Hamro Patro News
1d ago
२८ छक्काको वर्षा गर्दै वैभव सूर्यवंशीको विश्व कीर्तिमान, ५३ बलमा बनाए दोहोरो शतक

२८ छक्काको वर्षा गर्दै वैभव सूर्यवंशीको विश्व कीर्तिमान, ५३ बलमा बनाए दोहोरो शतक

काठमाडौं– भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले छक्काको वर्षा गर्दै क्रिकेट इतिहासमा अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका छन् । मात्र १५ वर्षको उमेरमा उनले एकै इनिङ्समा २८ छक्का प्रहार गर्दै व्यावस...

#सूर्यवंशी #वैभव #दोहोरो
Compare →
Ekantipur
1d ago
सूर्यवंशीले बनाए ५३ बलमा २ सय ४ रन

सूर्यवंशीले बनाए ५३ बलमा २ सय ४ रन

निर्दयीरुपमा ब्याटिङ गरेका १५ वर्षे भारतीय ब्याटरले बनाए लिस्ट ‘ए’ मान्यता खेलमा सबैभन्दा कम बलमा दोहोरो शतकको कीर्तिमान

#शतक #सूर्यवंशी
Compare →
Bizshala
7h ago
नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

काठमाण्डौ । नेपाली प्रशोधित खाद्य तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयात...

#भारत
Compare →
Arthasansar
1d ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#भारत
Compare →

Related Stories

World News
Build #2635